शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्टलाई ( तस्बिरहरु)
म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्टलाई ( तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर २४, २०८०
received_1311779526199224
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न राम–विमला फाउण्डेशन २१ औं जिल्ला स्तरीय अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट पोइन्ट बेनीले जितेको छ । आइतबार खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय माविलाई ट्राईब्रेकरमा हराउँदै न्यू वेष्ट पोइन्ट आवासीय माविले उपाधि चुम्न सफल भएको हो । ट्राईब्रेकरमा न्यू वेष्ट पोइन्टले माउण्ट एभरेष्ट आवासीय माविलाई (७–६) हराएको म्याग्दी जेसीजका महासचिव कुमार बानियाँले जानकारी दिनुभयो ।निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको फाइनल खेल निर्धारित तथा अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । शनिबार सम्पन्न सेमिफाइनल खेलमा न्यू वेष्ट पोइन्टले बेनी सामुदायिक माविलाई र माउण्ट एभरेष्टले हेम मावि सिवाङलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । यो सँगै न्यु वेष्ट पोइन्ट आवासीय माविले छैठौं पटक म्याग्दी जेसीजको उपाधि जित्न सफल भएको छ । बिजेता न्यू वेष्ट पोइन्टले ५२ हजार रुरुपैयाँ नगद सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपविजेता माउण्ट एभरेष्ट आवासीय माविले ३२ हजार २३२ रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।२३ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय माविका घनिष्ट छन्त्याल प्लेयर अफ दि म्याच घोषित हुनुभयो । बुधबारदेखि सुरु भएको प्रतियोगितामा अनुशासित विद्यालय हेम मावि सिवाङ, राईजिङ खेलाडी माउण्ट एभरेष्टका सुशिल पुन, खेल अवधिमा ९ गोल गदैं सर्वाधिक गोलकर्ता न्यू वेष्ट पोइन्टका सनम थापा, उत्कृष्ट डिफेन्डर बेनी सामुदायिकका अनिश भण्डारी, उत्कृष्ट स्टाइकर माउण्ट एभरेष्टका समन विक,उत्कृष्ट गोलरक्षक न्यू वेष्ट पोइन्टका सिद्धार्थ पाइजा,उत्कृष्ट कोच न्यू वेष्ट पोइन्टका दिपेन राई र उत्कृष्ट खेलाडी न्यू वेष्ट पोइन्टका पवन खत्रीलाई जनही नगद रु २ हजार ५ सयको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’,गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी ,म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।  
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १६:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP