शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बुवाको सम्झनामा समाजसेवी भट्टचनद्धारा प्रकाश माविमा अक्षयकोष स्थापना (तस्बिरहरू)
बुवाको सम्झनामा समाजसेवी भट्टचनद्धारा प्रकाश माविमा अक्षयकोष स्थापना (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर २५, २०८०
20231211_101558
म्याग्दी । यहाँका एक व्यक्तीले आफ्ना दिवंगत पिताको सम्झनामा विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । म्याग्दी सदरमुकाम बेनी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपालनारायण भट्टचनले दिवंगत पिता तेजनारायण भट्टचनको सम्झनामा बेनी नगरपालिका–७,स्थित प्रकाश माविमा सोमबार तीन लाख रुपैयाँको ‘‘तेजनारायण घट्टचन छात्रवृत्ति अक्षयकोष २०८०’’स्थापना गर्नुभएको हो । दिवंगत तेजनारायण प्रकाश मावि व्यवस्थापन समितिका संस्थापक अध्यक्ष हुनुहुन्छ । विद्यालयमा आयोजित एक कार्यक्रममा भट्टचन र श्रीमति चन्द्रकुमारी भट्टचनले विद्यालय व्यवस्थापन समितिका सल्लाहकार हरिकुमार श्रेष्ठ लगायतकाे उपस्थितीमा  तीन लाख रूपैयाँकाे चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । विद्यालय र अक्षयकोषदाता भट्टचन विच भएको सम्झौतापत्र अनुसार अक्षयकोषबाट प्राप्त वार्षिक व्याजको ७० प्रतिशत रकम कक्षा १–८,९–१२ र सर्वोत्कृष्ट दुई÷दुई जना गरी ६ जना विद्यार्थीलाई छात्रवृत्ति विततरण गरिने विद्यालयका प्रअ लेखबहादुर हमालले जानकारी दिनुभयो । र,बाँकी ३० प्रतिशत रकम अक्षयकोषमा नै जम्मा गरिनेछ । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको भट्टचनले बताउनुभयो । ९४ वर्षिय समाजसेवी भट्टचन म्याग्दीको पहिलो क्याम्पस म्याग्दी बहुमुखी क्याम्पस स्थापना गर्ने संस्थापक हुनुहुन्छ । प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिका पुर्व कोषाध्यक्ष समेत रहनुभएका भट्टचन कांग्रेस म्याग्दीका पुर्व सभापति हुनुहुन्छ । भने म्याग्दी पुस्तकालयका पुर्व अध्यक्ष पनि हुनुहु।गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवि शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भट्टचन परिवारले म्याग्दीको शैक्षिक क्षेत्रको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्दै सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयका शिक्षक विनय श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रअ हमालले स्वागत मन्तव्य राख्नुभयो । कक्षा १२ सम्म अध्ययन हुने विद्यालयमा करिब १२ सय बिद्यार्थी अध्ययनरत छन् ।  
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP