शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आमा समुहको सक्रियतामा शिवालय मन्दिर निर्माण
आमा समुहको सक्रियतामा शिवालय मन्दिर निर्माण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर २६, २०८०
2
म्याग्दी । बेनी नगरपालिका-६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर  शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन आमा समूह, वडा कार्यालयम, सामाजिक संघसंस्था,स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीका साथै आमा समुहले गाउँघरमा हुने विवाहमा स्वागत तथा विभिन्न धार्मिक गतिविधिमा संकलन भएको आर्थिकबाट निर्मित मन्दिरको सोमबार बालाचतुर्दशीका दिन विधिवत रुपमा गण्डकी प्रदेशसभाका सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । मन्दिर निर्माणमा चन्दा संकलन ४ लाख ८२ हजार, वडा कार्यालय तथा अन्य सरकारी स्रोतबाट ७ लाख ८२ हजार २३ रुपैयाँ, थाकनपोखरी आमा समुहको कोषबाट ३ लाख ५ हजार २४ रुपैयाँ संकलन गरी मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका उपाध्यक्ष मुरारी रिजालले बताउनुभयो । मन्दिरको निर्माणमा आमा समुहलाई स्थानीय यूवाहरूले समेत सहयोग गरेका थिए । निर्माणधिन मन्दिरको सत्तल, ग्याविन सहितको संरचना गरी कुल ६ लाख बराबरको क्षती पुगेपछि केहीसमय काम रोकिएको थियो । मन्दिरको उद्घाटन समारोहमा प्रमुख अतिथि सांसद भण्डारीले धार्मिक क्षेत्रको संरक्षणमा महिलाहरूको योगदान रहेको बताउनुभयो । उहाँले समाजमा सक्रिय महिला समुहको सक्रियतामा भएका धेरै योजनाहरू सफल भएको बताउनुभयो । उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने, वडा नं ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँ, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष हरिप्रसाद पौडेल, मन्दिर निर्माण समितिका अध्यक्ष गिरिजानन्द पौडेल लगायतले मन्तब्य राखेका थिए । मन्दिर उद्घाटन कार्यक्रमको अध्यक्षता थाकनपोखरी आमा समुहकी अध्यक्ष होमकुमारी रेग्मी,स्वागत निर्माण समितिका उपाध्यक्ष मुरारी रिजाल र सञ्चाल सचिव देविकुमारी आचार्य रेग्मीले गरेकी थिईन् । बिहान र बेलुका मन्दिरमा पुजा आरधना गरिने मन्दिरमा सत्तल, शौचालय सहितको संरचनाका लागि समेत बजेट माग गरिएको छ । यसैबीच मन्दिर ब्यवस्थापन तथा थप भौतिक संरचनाका लागि भिमबहादुर खत्रीको अध्यक्षतामा उपाध्यक्ष बालकृष्ण रेग्मी, सचिव मुरारी रिजाल, कोषाध्यक्ष हुमकुमारी रेग्मी, सह–सचिव चण्डिका पौडेल लगायत १५ सदस्यीय समिति समेत चयन गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १९:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP