शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बालमन्दिर माविमा तीन लाखको अक्षयकोष स्थापना
बालमन्दिर माविमा तीन लाखको अक्षयकोष स्थापना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर २७, २०८०
Messenger_creation_b542b228-a416-4ce4-822a-29262a5f7860
बेनी । म्याग्दीको बेनी नगरपालिका-८,स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी सुमित्रा शेरचनले जोशी १ लाख १ हजार रुपैयाँको कोष स्थापना गर्नुभएको हो । बुधबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता तुलाचन, गौचन र शेरचनले नगद रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर चर्माकार, प्रअ सुरेन्द्रराज केसीलाई हस्तान्तरण गनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ९ का अध्यक्ष चक्रबहादुर केसी लगायतको उपस्थिीत रहेको थियो । अक्षय कोष स्थापना कार्यक्रमका प्रमुख अतिथि मेयर केसीले विपन्न विद्यार्थीले पठनपाठन गर्ने विद्यालयमा सरकारी स्रोतबाट मात्रै अपुग हुने भएकाले विभिन्न सहयोग संकलन गरी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सहयोगदाता एवम् विद्यालयकी पूर्व प्रअ साधना तुलाचनले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनालाई विद्यालयले विभिन्न माध्यमबाट सहयोग जुटाएर विद्यार्थीलाई सहयोग गर्ने गरेको छ । बालमन्दिरमा अधिकांस निम्न आर्थिक अवस्था भएका, विभिन्न जिल्लाबाट मजदुरी गर्न आएका, अभिभावकविहिन बालबालिकाहरु पठनपाठन गर्छन् । अक्षय कोष स्थापना कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष चर्माकार, स्वागत प्रअ केसी र सञ्चालन सहायक प्रअ गिता सुबेदीले गर्नुभएको थियो । बालविकासदेखि कक्षा ९ सम्म पठनपाठन हुने विद्यालयमा साढे २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १९:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP