शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • अधिभारामा निर्माण हुने मोटरेवल पुलको शिलन्यास
अधिभारामा निर्माण हुने मोटरेवल पुलको शिलन्यास
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर २७, २०८०
409875239_2564562810384460_2355387945911692336_n
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो । सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको बुधबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिलन्यास गर्नुभयो । हाल चितवन बसोबास गर्दै आएका प्रदेश प्रमुख शेरचनको जन्मथलो मालिका गाउँपालिकाको वडा नम्बर–४ ओखरवोट हो । शिलान्यासपछि प्रदेश प्रमुख शेरचनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयमै काम पूरा गर्न निर्माण व्यवसायी र सम्बद्ध कार्यालयका प्राविधिकलाई निर्देशन दिनुभयो । स्थानीय जनप्रतिनिधि र सरोकारवालालाई आफ्नो गाउँठाउँमा भित्रिएका योजनाको नियमित अनुगमन, निरीक्षण, सहजीकरण र समन्वय गर्न उहाँले अनुरोध गर्नुभयो । प्रदेश प्रमुख शेरचनले म्याग्दीको बेनी–दरवाङ–सोलेडाँडा–तमानखोला–बुर्तिवाङ सडक स्तरोन्नति गरेर मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउने प्रयास गरेको बताउनुभयो । मध्य पहाडी लोकमार्गको बागलुुङ खण्डको तुलनामा म्याग्दीबाट बुर्तिवाङ जान कम समय लाग्छ । अदिभारा दरवाङ–डाडागाउँ–सोलेडाँडा–तमानखोला सडकअन्तर्गत पर्छ । यो पुलबाट मालिका गाउँपालिकाको –२, ३, ४ नम्बर वडाका साथै बागलुङको ताराखोला, तमानखोला गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । पुल निर्माणका लागि बिमए कोण्डा जेभी (जोइन्ट भेञ्चर) सँग गत असोज अन्तिम साता रु चार करोड दश लाख ८३ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । पुल निर्माणका लागि रु पाँच करोड चार लाख ३७ हजार लागत अनुमान गरिएको थियो । सम्झौता भएको १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण व्यवसायीले पहिलो चरणमा पुलको पिल्लर रहने ठाउँको जग खन्न थालेका छन् । यसअघिका दुई आर्थिक वर्षमा वार्षिक योजनामा समावेश भए पनि अदिभाराको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन भएको थिएन । अदिभारकाको पुलको लागि आव २०७८÷७९ र चालु आव २०७९÷८० मा रु ५०÷५० लाख विनियोजन भएको थियो । चालु आव २०८०÷०८१ मा रु एक करोड ५० लाख विनियोजन भएको छ । अधिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २, ३ र ४ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो । मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले पुल बनेपछि बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो । पुुल शिलन्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन, गण्डकी प्रदेशका पुुर्व कृषि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मन्त्री चन्द्र बहादुुर बुुढा (सागर), मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, वडा नम्बर ४ का अध्यक्ष भिजेन्द्रमान पुुन, कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका पालिका अध्यक्ष अनुुप गौचन, कार्यपालिका सदस्य देवी पटेल लगायतको उपस्थिति रहेको थियो । मालिका गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उदय बुुढाथोकीले स्वागत गर्नुुभएको कार्यक्रम सञ्चालन वडा नं. ३ का अगुुवा लालबहादुुर घतानेले गर्नुुभएको थियो ।  
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २१:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP