शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दिवंगत आमा बुबाको सम्झनामा गलेश्वरका बृद्धबृद्धालाई भोजन
दिवंगत आमा बुबाको सम्झनामा गलेश्वरका बृद्धबृद्धालाई भोजन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर २९, २०८०
8
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई एक परिवारले भोजन गराउनु भएको छ । मंगला गाउँपालिका–१ कुहुँका स्वर्गिय मनबहादुर पुनका छोरा दलबहादुर पुन, रविन पुन, छोरी पूर्णा रामजाली र नरदेवी गर्बुजाले गलेश्वर अन्नक्षेत्रमा भोजन ग्रहण गर्दै आएका गलेश्वर जेष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई एक दिनको निःशुल्क भोजन गराउनुभएको हो । सुक्रवार पुन परिवारले अन्नक्षेत्रमा पुगेर त्यहाँ भोजन ग्रहण गर्दै आएका बृद्धबृद्धा, संस्कृति विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क भोजन गराउनुभएको थियो । आफ्नो दिवंगत बुबा आमाको सम्झनामा आमा टिकामती पुनको बार्षिक पुण्यतिथिको अवसर पारेर उहाँहरुले रु. २४ हजार नगद अन्नक्षेत्रलाई उपलब्ध गराएर जेष्ठ नागरिकहरुलाई खिर, दही, तरकारी, अचारको भोजन गराउनुभएको थियो । पुन परिवारले त्यहाँ रहेका सबै जेष्ठ नागरिक र विद्यार्थीहरुलाई फलफुल र जनही रु. ५० का दरले दक्षिणा समेत प्रदान गर्नुभएको थियो । सोही अबसरमा उहाँका ४ भाई बहिनीको तर्फबाट गलेश्वर जेष्ठनागरिक बृद्धा आश्रमलाई एकमुस्त नगद रु. पन्द्र हजार पाँचसय आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । अन्नक्षेत्र जस्तो महत्वपूर्ण मानविय सेवामा समर्पित संस्थामा पुगेर जेष्ठ नागरीहरुलाई एक दिन भएपनि खाना खुवाउँदा आफुलाई सन्तुष्टि मिलेको सहयोगीदाता रविन पुनले बताउनुभयो । कुहुँ गाउँमा पुर्ख्यौली समुहका लागि बुबा आमाकै नामबाट रु. एक लाख एकाउन्न हजारको स्मृति अक्षयकोष समेत स्थापना गरेको पुनले जानकारी दिनुभयो । सहयोग रकम ग्रहण गर्दै गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा बृद्धबृद्धालाई सहयोग गर्नुभएकोमा सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोष अन्तरगत रहेको अन्न क्षेत्र र जेष्ठ नागरिक आश्रम छुत्ता छुत्तै संस्था रहेकाले सहयोगीदाताले जेष्ठ नागरिक आश्रम कोषमा नगद सहयोग गरेमा सोही रकमले बृद्ध बृद्धालाई अति आवश्यक खाद्यन्न समाग्री किनेर बितरण गरिने अध्यक्ष पुनले बताउनुभयो । गलेश्वर जेष्ठ नागरिक आश्रम परिसरमा रहेको यस अन्नक्षेत्रले आश्रममा रहेका जेष्ठ नागरिक, संस्कृत विद्यालयका विद्यार्थीसंगै तिर्थयात्रीहरुलाई समेत निःशुल्क रुपमा खाना खुवाउने व्यवस्था गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १९:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP