शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुलाचौरका कृषकलाई तरकारीको बिउबिजन र मल सहयोग
पुलाचौरका कृषकलाई तरकारीको बिउबिजन र मल सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस १, २०८०
IMG_8231
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका ५० जना कृषकलाई तरकारी खेती गर्नका लागि बिउबिजन र मल सहयोग भएको छ । असल छिमेकी नेपालको आयोजनामा शनिवार एक कार्यक्रमको आयोजना गरी पुलाचौरका कृषकहरुलाई मलबिउ हस्तान्तरण गरिएको हो । पुलाचौर र सेताढुङ्गा गरी दुईवटा कृषक समूलाई विभिन्न प्रकारका तरकारीको बिउबिजन सहयोग गरिएको असल छिमेकी नेपालले जनाएको छ । कार्यक्रममा पुलाचौरका २५ जना कृषकहरुलाई २५ केजी प्राङ्गारिक मल, वर्षे आलु, सिमीको बिउ, लसुन, अदुवा, बेसार, काँक्रो, प्याज, करेला र जुगनीको बिउ वितरण गरिएको असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र दासले बताउनुभयो । यसैगरी सेताढुङ्गाका २५ जना कृषकहरुलाई पनि प्राङ्गारिक मल २५ केजी, सुष्म तत्व एक किलो, हाईब्रिड प्रजातिको मकैको बिउ, सिमी, काँक्रो, घिरौंला, करेला, लौका, चिप्ले भेन्टा र खुर्सानीको बिउ सहयोग प्रदान गरिएको छ । उक्त बिउबिजन र मल बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछाने र पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले कृषकहरुलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि कार्यक्रमको समापन गर्दै वडाध्यक्ष बानियाँले विपन्न कृषकहरुलाई लक्षित गरेर वितरण गरिएको तरकारीको बिउको सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले मोबाइलबाट कृषि एपको प्रयोग गरेर पनि कृषि खेती गर्न सकिने बताउँदै वडा र नगरपालिकाबाट कृषकलक्षित विभिन्न कार्यक्रम, योजना र बजेटमा प्राथमिकता दिइएको बताउनुभएको थियो । पुलाचौरको जुनकुनै टोल तथा वस्तीमा पनि कोही समस्यामा परेको भए वडामा जानकारी गराउन आग्रह गर्दै समस्यामा परेकाहरुलाई तत्कालै आवश्यक सहयोग गरिने उहाँले जानकारी दिनुभयो । बेनी नगरपालिकाको कृषि शाखाका नायव प्राविधिक सहायक रविन्द्रप्रसाद पन्तले तरकारीको बिउ र मलको प्रयोगका विषयमा सहजीकरण गर्नुभएको कार्यक्रम असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र दासको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०७:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP