शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (फोटोफिचर)
धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस २, २०८०
IMG_2011
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार,एथलेटिक्स र भलिबल बिधाका खेलमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराईने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित साठी हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । दृतिय चालीस हजार रुपैयाँ र तृतीयले तीस हजार पुरस्कार प्राप्त गर्ने गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । मार्च पासमा उत्कृष्ट जनकल्याण माविलाई दश हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएकाे छ । भने छात्र र छात्रा भलिबलमा बिजयी हुनेलाई पाँच÷पाँच हजार रुपैयाँ र सहभागी विद्यालयलाई सहभागी खेल र संख्याका आधारमा यातायात र सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।  प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई अनुशासीत बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो । स्थानीय, प्रदेश र संघीय सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विद्यार्थीहरुलाई गलत बाटोमा जानबाट रोक्न खेलकुदले रचनात्मक भुमिका खेल्ने बताउनुभयो । साथै उहाँले लुलाङ–गुर्जा सडकलाई संघबाट दुई करोड विनियोजन भएको बताउनुभयो । आयोजना निर्माणलाई पुर्णता दिन बजेट विनियोजनको लागि पहल गर्ने बताउनुभयो । साथै उहाँले बेनी–दरवाङ–ढोरपाटन हुँदै रुकुुम जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बागलुङ–रुकुम सडकको विकल्प बनाउने योजना अघि सारिएको बताउनुुभयो । ‘बागलुुङबाट भन्दा म्याग्दीबाट ढोरपाटन हुँदै रुकुम जोड्ने सडक करिब ७० किलोमिटर छोटो हुन्छ’,उहाँले भन्नुभयो ‘जलजला क्षेत्रमा नयाँ सडक खनेमा ढोरपाटनसँग जोडिन्छ । यसको लागि मैले पहल थालिसकेको छु ।’ गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले प्रतियोगिताले खेलप्रतिभाको पहिचान गर्नमा सहयोग पुग्ने बताउनुभयो । उहाँले खेल क्षेत्रको पुर्वाधार विकासका लागि गाउँपालिकाले थप सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । स्रोत व्यक्ति गिरिप्रसाद छन्त्याल र नगेन्द्र मल्लको सञ्चालन र कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोकाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले समापन गर्नुभएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, हेम माविमा प्रअ सेरबहादुर केसी ,कांग्रेस म्याग्दीका नेता बलभद्र ढकालले लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । हेम नमुना आवासीय माविका महिला शिक्षकहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । पहिलो दिन पन्ध्र सय मिटर र चार सय मिटर दौड सम्पन्न भएको छ । छात्र–छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ ।      
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २२:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP