शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई
धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस ५, २०८०
IMG_4126
शिवाङ । धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित ताकम मावि उपबिजेता बनेको छ । ४ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको धनजनता मावि फलियागाउँ तेस्रो भएको छ । धनजनता मावि पहिलो र दोस्रो प्रतियोगिताको बिजेता हो । छात्र भलिबलतर्फ वुद्धिविकास मावि प्रथम र धनजनता मावि दितृय भएका छन् । छात्रा भलिबलमा जनजागृति मावि मल्कवाङ बिजेता र हेम मावि उपबिजेता भएका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्राबिधिक सहायक ख्यामराज सुवेदीले बताउनुभयो । छात्रतर्फ धनजनता माविका सलन पुर्जा र छात्रातर्फ जनजागृतिकी अन्जना छन्त्याल उत्कृष्ट खेलाडी भए ।एथलेटिक्स तर्फ हेम माविले ११ स्वर्ण, पाँच रजत र ३ कास्य गरि १९ पदक जितेको थियो । ताकम माविले एथलेटिक्समा ७ स्वर्ण, ६ रजत र ५ कास्य सहित १८ पदक जितेर दोस्रो भयो । तितृय भएको धनजनता माविले एथलेटिक्सतर्फ ४ स्वर्ण, ४ रजत र ६ कास्य सहित १४ पदक जित्यो । तीन दिनसम्म सञ्चालन भएकोे प्रतियोगितामा एघार वटा विद्यालयले सहभागिता जनाएका थिए । भलिबल र एथलेटिक्स बिधाका वटा खेलमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । बिजेता विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. साठी हजार नगद पुरस्कार प्रदान गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । दृृतीयले रु. चालीस हजार र तृतीयले रु. तीस हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । छात्र र छात्रा भलिबलमा बिजयी रु. ५÷५ हजार र मार्च पासमा उत्कृष्ट भएको जनकल्याण मावि गुर्जाले रु. दश हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सबै बिधामा स्वर्ण पदक जितेका खेलाडीहरुलाई नगद रु. एक÷एक हजार पुरस्कार प्रदान गरिएको गाउँपालिकाका लेखा शाखा प्रमुुख तिलक शंकर पौडेलले बताउनुभयो । यसअघिको जिल्ला स्तरीय छनौट खेलमा पदक बिजेता खेलाडीहरुलाई नगद रु. २ हजारका दरले पुरस्कृत र दोसल्लो ओढाएर सम्मान गरिएको छ । सहभागी विद्यालयलाई सहभागी खेल र संख्याका आधारमा यातायात र सुविधा उपलब्ध गराइएको छ । गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, गाउँपालिका उपाध्यक्ष पुन, वडा अध्यक्षहरु भmकबहादुुर छन्त्याल, देवेन्द्र रोका, राजाराम सुवेदी, अमर छन्त्याल र अशोक खत्री, कार्यपालिका सदस्य नरकुमारी बुढाथोकी, डिलकुमारी बिक लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP