शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • जामुनाखर्क माविमा ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना
जामुनाखर्क माविमा ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस ६, २०८०
IMG_7478
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रु ५ लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्दै विधिवत रुपमा कोष स्थापना भएको घोषणा गर्नुभयो । छात्रवृत्ति कोष स्थापना कार्यक्रममा बोल्दै पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले शिक्षामा लगानी बढाउनु पर्ने बताउनुभयो । नेपालका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्छ, त्यसका लागि सरकारले शिक्षामा न्युनतम २० प्रतिशत लगानी गर्नुपर्छ, उहाँले भन्नुभयो । १२ कक्षा पास गर्दा वित्तिकै विद्यार्थीहरु विदेश पस्ने र विद्यार्थी रित्तिदै जाने अवस्था अहिलेको राष्ट्रिय चिन्ता र चुनौतिको रुपमा रहेकाले यसप्रति सरकार गम्भिर बन्नुपर्ने पूर्व मन्त्री ज्ञवालीको भनाई थियो । उहाँले अहिले देशमा दुईथरि नागरिक उत्पादन भईरहेको बताउनुभयो ।एकथरी देशमै रोजगार गर्न सक्ने र अर्कोथरी शैक्षिक प्रमाणपत्र खल्तिमा राखेर प्रदेशिनुपर्ने गरि दुईथरि नागरिक उत्पादन भएको छ, यसो हुनु देशको विडम्वना हो उहाँले भन्नुभयो । नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका ज्ञवालीले विभिन्न विद्यार्थी संगठनहरुले नेपालका विश्व विद्यालयहरुमा ताला लगाउने, प्राध्यापकहरुलाई कुटपिट गर्ने, जस्ता आतंक सृजना गराउदा विश्वविद्यालयको शैक्षिक गुणस्तर झनै खस्किदै गएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले हालै मात्र सवैभन्दा धेरै विद्यार्थीलाई एकैचोटि दिक्षित गरेर विश्व रेकर्ड राखेको दावि गरेको प्रति कटाक्ष गर्दै पूव मन्त्री ज्ञवालीले संख्यामा धेरै भन्दा पनि विश्व श्रेणीमा १ हजार भन्दा माथिको स्थानमा रहेको नेपालको विश्वविद्यालयले श्रेणी कम गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरु पनि पेशा प्रति जिम्मेवार कर्तव्यनिष्ठ बन्नुपर्ने बताउनुभयो । उहाँले बानियाँ परिवारले स्थापना गरेको छात्रवृत्तिले गरिवीका कारण पढाई छोड्न बाध्य हुनुपर्ने विद्यार्थीहरुलाई पढाईलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो । कार्यक्रमका अवसरमा स्व. बानियाँको तस्विरमा प्रमुख अतिथिको रुपमा रहनुभएका पूर्व मन्त्री ज्ञवालीले माल्यार्पण समेत गर्नुभएको थियो । कोषका संस्थापक संरक्षक किरण बानियाँले वुवाको शिक्षाको क्षेत्रमा सेवा गर्ने चाहनालाई पुरा गर्नका लागि कोष स्थापना गरेको बताउँदै गरिव, दलित, असहाय, तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो । हाल ५ लाखबाट सुरु गरिएको कोषलाई वृद्धि गर्दै २५ लाख पुराउने लक्ष रहेको पनि उहाँले बताउनुभयो । वार्षिक व्याजबाट ६० प्रतिशत छात्रवृत्ति वितरण गर्ने र ४० प्रतिशत रकम कोषमा नै थप गर्दै लगिने उहाँले बताउनुभयो । कोषबाट उच्च शिक्षा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीलाई समेत सहयोग गर्न सकिनेछ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले विद्यालयका पूर्व शिक्षक अभिभावक संघ सदस्य समेत रहनुभएका स्व. हिरा बहादुर बानियाँको सामाजिक योगदानको चर्चा गर्नुहुँदै विद्यार्थीको शैक्षिक उन्नयनमा टेवा पु¥याउने उद्देश्य राखेर छात्रवृत्ति कोष स्थापना गरेकोमा स्व. बानियाँका छोरा प्रकाश, किरण बानियाँ र सम्पूर्ण परिवालाई आभार प्रकट गर्नुभयो । कोषका संस्थापक, संरक्षक र विद्यालय विच समझदारी गरेर कोष संचालन निर्देशिका तयार गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा बानियाँ परिवारले रु ५० हजार बराबरको खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै विद्यालयका ११४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको कोषका संस्थापक संरक्षक किरण बानियाँले जानकारी दिनुभयो । वि.स.२००८ साल वैशाख २८ गते जन्मिएका बानियाँको २०७९ साल कार्तिक १० गते हृदयघातका कारण मृत्युभएको थियो । स्व. वानियाँका २ श्रीमति, २ छोरा र ३ छोरी रहेका छन । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष देवेन्द्र कटुवाल, बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, प्रकाश माविका प्रधानाध्यापक लेख बहादुर हमाल, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममामा स्व. वानियाँको श्रीमति बलदेवि बानियाँ, बाल कुमारी बानियाँ, भाई गणेश बानियाँ लगायत सम्पूर्ण परिवारको उपस्थिति रहेको थियो । कार्यक्रम कोषका संस्थापक प्रकाश बानियाँको अध्यक्षता र विद्यालयका शिक्षक टेक बहादुर चोखालको संचालनमा सम्पन्न भएको थियो ।    
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २२:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP