शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु
के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस ७, २०८०
SA_DIuL2
दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सात १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ । कार्यक्रमको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्षत बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो । उद्घाटन पछि प्रमुख अतिथिको मन्तव्य व्यक्तगर्ने क्रममा अध्यक्ष गर्वुजाले कार्यक्रम सफलताकाको शुभकामना दिँदै के.वि एकेडेमीले कितावी ज्ञानका अतिरिक्त प्रयोगात्मक विधि अपनाएर पठनपाठ गर्दै आएको देख्दा आफूलाई खुसी लागेको बताउँदै शिक्षा क्षेत्रमा के.वि एकेडेमीले पु¥याएको योगदानलाई विसन नसकिने बताउनुभयो । कार्यक्रम उद्घाटनका अवसरमा प्रमुख अतिथी गर्बुजाले विद्यार्थीहरुद्धारा प्रकाशित फूलबारी भित्ते पत्रिकाको लोकार्पण,विद्यार्थीहरुद्धारा प्रर्दशित सूचना प्रविधि र शैक्षिक सामग्रीहरुको अवलोकन गर्नुभएको थियो । त्यसैगरी विज्ञान शिक्षक बलराम श्रेष्ठको नेतृत्वमा विद्यालयका विद्यार्थीहरुले बेनी नगरपालिका ४ तोराखेत पहिरोदेखि मालिका गाउँपालिका ६ दरवाङसम्मका पहिरोको भौगर्भिक अध्ययन÷ अनुसन्धान गरी संकलन गरेका चटनहरुको नमुना अवलोकन गर्नुका साथै विद्यार्थीहरुले प्रस्तुत गरेको रिपोर्ट श्रवण गर्नुभएको थियो । प्रमुख अतिथी गर्बुजाले विद्यालयले यस्ता रचनात्मक र खोजमूलक कार्यक्रमगरी वार्षिकोत्सव मनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी मालिका गाउँपालिका ६ दरबाङका पथबहादुर रोकाले आफ्नै वडाभित्रको संस्थागत विद्यालय जिल्लाकै अब्बल विद्यालयहरुमध्येमा गणना योग्य भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । विद्यालयले शैक्षिक,खेलकुद लगाएत विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरुमा सफलता प्राप्त गर्दै गएकोमा प्रशन्नता व्यक्त गर्दै आफ्नो क्षेत्रबाट पनि विद्यालयको शैक्षिक उन्नतीका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी मालिका गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशोक रिजालले पछिल्लो समय विद्यालयले प्रयोगात्मक विधिद्धारा पठनपाठन गराउँदै आएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । पश्चिम म्याग्दीको शैक्षिक क्षेत्रमा गर्विलो इतिहास बनाउन सफल के.वि एकेडेमी आगामी दिनमा अझै अनुकरणीय वन्दै जाने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी उद्योग वाणिज्य संघ दरवाङ इकाइका सचिव अमृत सापकोटा,विद्यालयका पूर्व संचालक सदस्य एवम् शैक्षिक र वौद्धिक व्यक्तित्व बालकृष्ण शर्मा लगाएतका वक्ताहरुले के.वि एकेडेमीको स्थापनादेखि अहिलेसम्मका गतिविधिहरु प्रष्टाउँदै पश्चिम म्याग्दीको एउटा गौरवयोग्य शैक्षिक संस्था बन्दै गएकोमा खुसी व्यक्त गर्दै आआफ्नो क्षेत्रबाट सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले निर्माणगरेका शैक्षिक,साहित्यिक,प्राविधिक र विज्ञान सम्वन्धि विभिन्न सामग्रीहरुको प्रदर्शनी गरिएको थियो । सोही अवसरमा ‘मौनतामा परिश्रम,सफलतामा आवाज’ भन्ने स्लोगनका साथ आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी गर्बुजाले गर्नुभयो । प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयका प्रतियोगिहरुले भाग लिएका छन् । कार्यक्रम पाँच दिनसम्म संचालन हुने विद्यालयले जनाएको छ । जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल तथा अभिभावक लक्षित विविध प्रतियोगिताको अण्डर टेन फुटसलतर्फ प्रथम पुरस्कार नगद रु ३० हजार ३ सय ३० र द्धितीय पुरस्कार नगद रु २० हजार,२ सय २२ का साथै ट्रफि,मेडल र प्रमाणपत्र रहेको छ भने अभिभावक फुटसल महिलातर्फ प्रथम हुनेलाई नगद रु १२ हजार १२ र द्धितीय पुरस्कार रु ७ हजार ७ का साथै प्रमाणपत्र रहेको छ । प्रतियोगिताको मुख्य आकर्षण महिला फुटसल रहेको आयोजकले जनाएको छ । विद्यालयका संचालक÷निर्देशक हिराबहादुर पुनको अध्यक्षता, विद्यालयका प्रिन्सिपल बिमल शर्माको स्वागत, भाइस प्रिन्सिपल धु्रवसागर शर्मा र शिक्षक मिनबहादुर सुनारको संचालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले स्वागत मन्तव्यका साथै विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०७:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP