शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस ७, २०८०
IMG20231223121510
म्याग्दी,पुस ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले प्रतियोगिताले विद्यालय स्तरमा खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रपछि स्थानीय सरकारले पालिका स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नथालेपछि खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरुको पहिचान, खेलाडीको क्षमता विकास र खेल पूर्वाधार निर्माणमा टेवा पुगेको उहाँको भनाई थियो । कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १५÷१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ । साथै भलिबल,कबड्डी र एथलेटिक्सका तर्फ प्रथम हुने विद्यालयलाई पाँच÷पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले प्रतियोगिताले विद्यार्थीहरुमा रहेका खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताएका थिए ।प्रतियोगितामा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन,प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा,अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर खड्का र शिख मावि शिखका प्रधानाध्यापक केदार कार्कीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिता तीन दिनसम्म संचालन हुनेछ । पहिलोदिन सम्पन्न भएको १५ सय मिटर दौड प्रतियोगिताको छात्र तर्फ मुक्तिमार्ग मावि घारका विद्यार्थी मन्दिप परियार प्रथम,शिख माविका राजन तिलिजा द्धितीय,ज्ञानप्रकाश मावि दानाका अमृत बसेल तृतीय भए । यसैगरी छात्रा तर्फ शिख माविकी रितु विक प्रथम,प्रभा मावि नारच्याङकी रेजिना पुन द्धितीय र टिकोट माविकी रेनु पुन तृतीय भए । विजेता खेलाडीहरुलाई जिसस प्रमुख थापा,गाउँपालिका अध्यक्ष पुन लगायत कार्यक्रमका अथितिहरुले मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको संचाचलन प्रतियोगिता सह आयोजक मुक्तिमार्ग मावि घारका प्रधानाध्यापक ठकराज बरुवाल गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन पूर्व पोखरेबगरमा नौमति बाजा सहित शिक्षक,विद्यार्थी लगायतले ¥याली निकालेका थिए ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २१:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP