शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
दरबाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १२, २०८०
malika-cup
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा बिहिबार देखि दरवाङमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक दलमान गुरुङले उद्घाटन गर्नुभएको हो । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले बताउनुभयो । प्रतियोगितामा विजेता विद्यालयले ८० हजार, उपविजेताले ६० हजार र तृतिय हुने विद्यालयले ४० हजार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उद्घाटन कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्वुजाले विद्यार्थीहरुलाई अनुशासनपूर्वक खेल कौशल प्रस्तुत गर्न आग्रह गर्नुभयो । खेलाडी उत्पादन गर्ने थलो विद्यालय भएकाले विद्यालय स्तरमा रहेका खेलाडीहरुको खेल क्षमता अभिवृद्धिका लागि राष्ट्रपति रनिङ शिल्डले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गर्वुजाले बताउनुभयो । खेल क्षेत्रको विकासलाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष गर्वुजाको भनाई थियो ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उत्कृष्ट खेलाडीले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा समेत आफ्नो प्रतिभा देखाउन सक्ने भएकाले अनुशासनपूर्वक उत्कृष्ट खेल प्रदर्शन गर्न अनुरोध गर्नुभयो । साथै उहाँले निष्पक्ष र मर्यादित तवरले खेल संचालन गराउनका लागि सम्पूर्ण अफिसियलहरुलाई सपथ समेत गराउनुभएको थियो । कार्यक्रममा दरबाङ इङलिस बोर्डिङले मार्चपासमा प्रथम स्थान हासिल गरेको छ ।उद्घाटन खेलमा १५ सय मिटर दौडमा छात्रतर्फ किसानी मावि विमले स्वर्ण, जनप्रीय मावि दरवाङले कास्य र भिम मावि देविस्थानले रजत पदक जितेको छ । त्यस्तै छात्रातर्फ किसानी मावि विमले स्वर्ण, भिम माविले कास्य र जनप्रीय माविले रजत पदक जितेको छ । विजेता विद्यार्थीहरुलाई पालिका अध्यक्ष गर्वुजा, उपाध्यक्ष लक्ष्मीदेवि घर्ति पुन मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोका लगायतले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा जनप्रीय माविका शिक्षिकाहरु, केवि एकेडेमी, फ्युचर स्टार मन्टेश्वरी लगायतका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षा शाखा अधिकृत अशोक रिजालको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोकाको स्वागत र जनप्रीय माविका प्रधानाध्यापक दिवाकर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।    
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १९:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP