शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिल्ला स्तरीय नृत्य प्रतियोगिता : शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी (तस्बिरहरू)
जिल्ला स्तरीय नृत्य प्रतियोगिता : शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १२, २०८०
IMG_3107
बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा विहिबार नेपाल मंका खलःको सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १३ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा शिक्षकतर्फ बेनी सामुदायिक मावि द्धितिय र प्रभा मावि तृतिय हुन सफल भएका छन् । त्यसैगरी विद्यार्थीतर्फ प्रभा मावि द्धितिय र समान अंकको आधारमा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि,माउण्ट एभरेष्ट आवासीय मावि र बेनी सामुदायिक माविलाई तृतिय पुरस्कार वितरण गरिएको छ । निर्णायकद्धय अजयमिलन श्रेष्ठ र डिके पुनले तीन विद्यालयले समान ७४ अंक प्राप्त गरेको घोषणा गर्नुभएको थियो । प्रथम ,द्धितिय र तृतिय हुने शिक्षक र विद्यार्थीले समान क्रमश ः १५ हजार ,१० हजार र ७ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् । सो पुरस्कार शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा मगर ,सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा मगर, बेनी नगरपालिका शिक्षा अधिकृत कमलप्रसाद ढकाल लगायतले वितरण गर्नुभएको थियो ।शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थापा मगरले शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्धेश्यले दुई दिने नृत्य तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार,दुवै विद्याका विजेताहरु पोखरामा संचालन हुने गण्डकी प्रदेश स्तरीय कार्यक्रममा भाग लिन पाउनेछन् । कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगर प्रमुख सुरत केसीले प्रतियोगिताले विद्यार्थी र शिक्षकमा लुकेर रहेका प्रतिभा पहिचान गर्नमा मदत पुग्ने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताहरु विद्यालय स्तरमा पनि निरन्तर रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । समाजिक विकास कार्यालय प्रमुख रमेश थापाले गत वर्ष सञ्चालित प्रतियोगिताले विद्यार्थी र शिक्षकको प्रतिभा पहिचान गर्न मदत पुगेको बताउनुभयो । साथै प्रतियोगिताले विद्यालयतहबाटै नेतृत्व निर्माण ,उत्प्रेरित जनशक्ती र प्रतिस्पर्धी उत्पादनमा सहयोग पुग्ने उहाँको भनाइ छ । सामाजिक विकास कार्यालय म्याग्दीका नायव सुब्बा गोविन्द पुन मगरले कार्यक्रम संचालन गर्नुभएको थियो । प्रतियोगितामा एक सय पुर्णाङ्क राखिएको प्रतियोगितामा भेषभुषा,सुरताल,मौलिकता र सान्दर्भिकता,श्रृङ्गार ,सिर्जनशिलता ,प्रस्तुतिकरण लगायत आधारमा प्रतियोगिले अंक प्राप्त गरेका थिए । शुक्रबार वक्तृत्वकला प्रतियोगिता संचालन हुनेछ ।    
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २०:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP