शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • समाजसेवी रोका दम्पत्तीद्वारा करिब साढे दुई करोड मुल्य बराबरको जग्गा दान
समाजसेवी रोका दम्पत्तीद्वारा करिब साढे दुई करोड मुल्य बराबरको जग्गा दान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस १३, २०८०
414850502_7588267881219371_6598076233235838002_n
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक परिवारले  निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,दिच्याम जन्म घर भई हाल पोखरा महानगरपालिका–१२,माटेपानी निवासी मुक्ती रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई आँखा अस्पतालको भवन बनाउन निशुल्क जग्गा उपलब्ध गराउनुभएको हो । करिब दुई करोड ५० लाख रूपैयाँ मुल्य पर्ने बेनी नगरपालिका– ८ ,कालीपुलमा रहेको ७ आना १ पैसा ३ दाम रहेको जग्गाको लालपुर्जा दम्पती मुक्ति रोका याममाया रोकाले शुक्रबार नेपाल नेत्र ज्योती संघ म्याग्दीका सभापति अम्मर बानियाँलाई हस्तान्तरण गर्नुभयो । संघका सभापति बानियाँ र जिल्ला समन्वय समिति उपप्रमुख डिलकुमारी खत्रीले जग्गा उपलब्ध गराउने रोका दम्पत्तिलाई फूलमाला र खादाले सम्मान गर्नुभएको थियो । जन्म गाउँ दरवाङ हुँदै सदरमुकाम बेनी लामो समय बसेर विभिन्न क्षेत्रमा नेतृत्व गरेर समाजसेवा गर्दै आउनुभएका ८० वर्षिय रोकाले म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जनतालाई लक्षित गरेर बेनीमा सुविधायुक्त आखाँ अस्पताल बनाउनका लागि निशुल्क भवन बनाउने जग्गा उपलब्ध गराउदाँ विगत आफुले देखेको सपना पुरा हुन लागेको बताउनुभयो । ‘नेपाल रेडक्रस सोसाईटीमा नेतृत्व गर्दा यो सपना देखेको थिएँ, पछिल्लो समय आफैमा आँखामा समस्या भएपछि उपचार खोजीमा पोखरा काठमाडाैं गर्न पर्‍र्यो, मलाई जस्तै समस्या आउँदा जनतालाई जिल्ला बाहिर जानुपर्ने समस्यालाई निराकरण गर्नका लागि यो जग्गा निशुल्क उपलब्ध गराएको छु,’ उहाँले भन्नुभयो ‘स्वास्थ्य अवस्थाले म्याग्दीमै बसेर निरन्तर समाजसेवा गर्न दिएन्, नेपाल नेत्र ज्योती संघ म्याग्दीले लिएर आएको योजनालाई पुरा गर्न जग्गा उपलब्ध गराएको छु, यसमा सुविधायुक्त भवन निर्माण गरेर आँखा उपचार सेवा संचालन गराउन संघका कार्यसमिति, म्याग्दीबासीलाई आग्रह गर्नुभएको छ ।’ म्याग्दी अस्पताल विकास समितिको अध्यक्ष र नेपाल रेडक्रस सोसाईटीको सभापतीमा हुदाँ हिमालय आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा रेडक्रम मार्फत आँखा उपचार केन्द्र स्थापना गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो पहलमा स्थापना भएको आँखा उपचारलाई ब्यवस्थित र सुविधायुक्त सेवा संचालनको भवन बनाउनका लागि जग्गा उपलब्ध गराएको छु ।’ जिसस उपप्रमुख खत्री, सभापति बानियाँले बजारको ठुलो मूल्य पर्ने जग्गा निस्शुल्क उपलब्ध गराउने रोकाको परिवारलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । उहाँहरुले प्राप्त जग्गामा सुविधायुक्त आँखा अस्पतालको भवन बनाएर गुणस्तरीय सेवा संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । संघका उपसपभातिको राजेन्द्रकुमार श्रेष्ठको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य राख्नुभएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP