शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • रघुगंगाको १६ औं गाउँसभा : करिब पाँच करोड रूपैयाँ बजेट विनियोजन (तस्बिरहरु)
रघुगंगाको १६ औं गाउँसभा : करिब पाँच करोड रूपैयाँ बजेट विनियोजन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस १७, २०८०
IMG_3619
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलबार सम्पन्न गउँसभाले चार करोड ९५ लाख ५१ हजार ८२६ रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको गाउँसभा बैठकले गत आर्थिक वर्षमा मौज्दात रहेको रकमबाट ८२ वटा योजना तथा कार्यक्रममा सो बजेट विनियोजन गरेको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाका सबै वडामा प्राथमिकताको आधारमा बजेट विनियोजन भएको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र अधुरा रहेका योजना, सडक मर्मत,कृषि,विद्यालय पुर्वाधार निर्माण लगायत योजना तथा कार्यक्रमका शिर्षकमा बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीले बजेटलाई प्रभाबकारी कार्यान्वयन मार्फत गाउँपालिकाको विकास र समृद्धिको यात्रालाई अघि बढाउन सम्बद्ध सरोकारवालाहरुबिच रचनात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाको चालु आर्थिक वर्षमा चालुतर्फ २३ प्रतिशत र पुँजीगत तर्फ तीन प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार,आठ करोड २६ लाख ९७ हजार रुपियाँ कुल खर्च भएको छ । कुल खर्च १९ प्रतिशत रहेको छ ।गाउँपालिकाको १५ औं गाउँसभाले चालु आर्थिक वर्षको लागि ४३ करोड ५७ लाख ८७ हजार ६०० रुपियाँ बराबरको बजेट ल्याएको थियो । गाउँसभाले आर्थिक सम्बन्धी बनेको ऐनलाई संशोधन गरेको छ । गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुन,वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष अमृत भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष खिमबहादुर शाही,४ का अध्यक्ष पविन गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का अध्यक्ष थकबहादुर पाईजा, ८ का अध्यक्ष गमान छन्त्याल,कार्यपालिका सदस्य होमबहादुर दर्जी लगायतले विनियोजित बजेट प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । गाउँपालिकाले गत वर्षको एसईई परिक्षामा गाउँपालिका भित्रका विद्यालय तर्फ प्रथम र जिल्लामा द्धितिय भएको ज्ञानोदय माविलाई नगद सहित पुरस्कृत गरेको छ । भने यसअघि सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सञ्चालित कर्मचारी र जनप्रतिनिधि विचको भलिबल खेलमा विजेता जनप्रतिनिधिको टोलीले प्रथम पुरस्कार रकम ज्ञानोदय माविको दृष्टिविहिन स्रोत कक्षाको लागि सहयोग गरिएको  लेखा अधिकृत खगराज सुवेदीले जानकारी दिनुभयो ।गाउँपालिका अध्यक्ष भण्डारी ,उपाध्यक्ष पुन लगायत जनप्रतिनिधि र कर्मचारी लगायतले सो पुरस्कार तथा सहयोग रकम विद्यालयका प्रअ विजय शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदी लगायतलाई हस्तान्तरण गर्नुभएको थियो । लेखा अधिकृत सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष पुनले स्वागत मन्तव्य राख्नुभएको थियो ।    
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १९:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP