शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गाउँसभाको १४ औं अधिवेशनबाट थप ३ करोड तीस लाख रुपैयाँ बजेट विनियोजन
गाउँसभाको १४ औं अधिवेशनबाट थप ३ करोड तीस लाख रुपैयाँ बजेट विनियोजन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस १८, २०८०
IMG_20240103_183420
बेनी । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप तीन करोड ३० लाख रपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपैयाँ विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा विनियोजन गरिएको हो । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न अधिवेशनले गाउँपालिकाबाट सञ्चालित तीन वटा पुर्वाधार निर्माणयोजनाको लागि १२ लाख ३३ हजार रुपैयाँ,गत आर्थिक वर्षमा सञ्चालित क्रमागत ६ वटा ठेक्काका आयोजनालाई दुई करोड ९३ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी शिक्षातर्फ विभिन्न कार्यक्रम सञ्चालनका लागि १५ लाख रुपैयाँ ८५ हजार ,नेपाल रेडक्रस सोसाइटी दरबाङ शाखालाई पाँच लाख रुपैयाँ ,सुरक्षित आप्रवासी स्रोत केन्द्रलाई दुई लाख पाँच हजार,न्यायीक समिति सञ्चालनको लागि एक लाख आठ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिनुभयो । अधिवेशनले गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले सभामा प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ । अधिवेशनमा वार्षिक कार्यक्रमको समिक्षा , गाउँपालिकाको १३ औैं गाउँसभाबाट स्वीकृत वार्षिक योजना तथा कार्यक्रममा संशोधन गरिएको छ । चालु आर्थिक वर्षको कुल स्वीकृत बजेट ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँ मध्ये हालसम्म १६ करोड तीस लाख ९ हजार ६४१ रुपैयाँ निकासा भएको छ । हालसम्म आठ करोड ११ लाख ५८ हजार ६८३ रुपैयाँ खर्च भएको छ । यो कुल स्वीकृत बजेटको १७ दशमलव ७१ प्रतिशत रहेको छ । चालुतर्फ सात करोड २१ लाख ८ हजार ५८३ रुपैयाँ र पुँजीगततर्फ ९० लाख ५० हजार रुपैयाँ खर्च भएको छ । गाउँपालिकाभित्र सञ्चालित विभिन्न क्षेत्रका पुर्वाधार निर्माण ,अधुरा रहेका योजनालाई पुर्णता दिन र विभिन्न कार्यक्रमलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १९:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP