शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गणतन्त्रको विकल्प सुधार सहितकाे गणतन्त्र हाे : मन्त्री जुग्जाली
गणतन्त्रको विकल्प सुधार सहितकाे गणतन्त्र हाे : मन्त्री जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस १८, २०८०
Minister resham jukjlei
बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ ।बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औं क्याम्पससभा तथा ३३ औ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जुग्जालीले गणतन्त्र र संघीय व्यवस्थाप्रति एकाथरीले बुझ्दै नबुझी र अर्काथरीले बुझेर भ्रम फैलाएका बताउनुभयो । “जनतामा भ्रम फिजाएर निराश र महत्वकाक्षी बनाउनुहुदैन् । राणा, पञ्चायत र राजाको शासनमा नागरिकको अवस्था कस्तो थियो भनेर नयाँ पुस्ताले अध्ययन गर्नुपर्छ,” उहाँले भन्नुभयो “गणतन्त्रको विकल्प होइन, सुधार गर्न सुझाव दिनुस् ।” अफ्रिकामा संघीयताको ३० वर्षसम्म कार्यान्वयनकै चरणमा रहेको बताउदै नेपालमा संघीय व्यवस्था लागू भएको ६ वर्षमै नकारात्मक भ्रम फैलाइएको बताउनुभयो । अहिलेकै व्यवस्थामा जनताको अवस्था परिवर्तन गर्न नेता र कर्मचारीले लोभ र डरबाट मुक्त भएर कार्यशैली सुधार गर्नुपर्ने मन्त्री जुग्जालीले बताउनुभयो । छिटो धनी बन्ने र अरको देखासिकी गर्ने प्रवृतिका कारण युवामा पलाएको महत्वाकाक्षाले समाजमा भ्रष्ट्राचार बढाएको उहाँले बताउनुभयो । सरकारले थालेको संस्थागत भ्रष्ट्राचार नियन्त्रणको प्रयास स्वरुप आयल निगम, बायु सेवा निगम, साझा प्रकाशनले नाफा कमाउन थालेका बताउनुभयो । विदेशमा सहजै पैसा कमाउन सकिन्छ भन्ने सोचाई त्याग्न, अवसरको खोजी र संघर्षबाट पछि नहट्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । संघीय व्यवस्थासँगै दुर्गम र विकट क्षेत्रका नागरिकको विकासमा पहुँच बढेको बताउनुभयो । पहुँच नभएका ठाउँका बासिन्दाका लागि संघीयता वरदान भएको उहाँको भनाई थियो । “भौतिक मन्त्रालयले गण्डकीमा स्थापनाको ६ वर्षको अवधिमा ५९९ किलोमिटर सडक ग्राभेल, ६६८ किलोमिटर सडक कालोपत्र, ८१ वटा मोटरेबल र ६३ वटा झोलुङ्गे पुल बनाएको छ,” उहाँले भन्नुभयो “नागरिकको विकास प्रतिको तिब्र इच्छा पुर्ति गर्न संघीय व्यवस्थानै उत्तम हो ।” गण्डकी प्रदेशले अघि सारेका ‘एक घर, एक धारा’, ‘उज्यालो प्रदेश’ लगायतका कार्यक्रम सम्पन्न हुने चरणमा रहेका र ती योजनालाई संघीय सरकारले समेत अनुशरण गरेको मन्त्री जुग्जालीले बताउनुभयो । खोलानै नभएको ठाउँमा पुल र घरजग्गा ब्यापारीको योजनामा सडक बनाउने विकृत कार्यको अन्य गरेको उहाँले बताउनुभयो । म्याग्दी जिल्लामा यस वर्ष छ वटा सडक आयोजनाको रु। एक अर्ब पचास करोड बजेट बराबरको बहुबर्षिय ठेक्का लाग्ने चरणमा रहेको, दुई वटा पुल निर्माण शुरु भएको र थप दुई वटा पुलको ठेक्का लगाउने तयारी भएको मन्त्री जुग्जालीले जानकारी दिनुभयो । घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि पनि बहुबर्षीय ठेक्का लगाउन प्रदेश सरकारले छनौट गरेको उहाँले बताउनुभयो ।      
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २१:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP