शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ्ग शिल्ड शुरु (फोटोफिचर)
जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ्ग शिल्ड शुरु (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस २०, २०८०
IMG_3807
म्याग्दी ।  बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमकी कप्तान अरुणा शाही र करातेका अन्तर्राष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको थियो । शाही रघुगंगा गाउँपालिकाको वडा नम्बर ३ पिप्ले र गर्बुजा सोही गाउँपालिका–४,दग्नाम निवासी हुनुहुन्छ । जिल्ला समन्वय समितिका प्रमुख थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले शाही र गर्बुजालाई नगद तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो । उद्घाटन खेलमा एक हजार पाँच सय मिटर दौडमा छात्रतर्फ मालिकाका विशाल सुनारले स्वर्ण,रघुगंगाका सुझाव पुर्जाले रजत र बेनी नगरपालिकाका ईश्वर न्यौपाने कास्य तथा छात्रातर्फ रघुगंगाकी कञ्चन भण्डारीले स्वर्ण,सोही गाउँपालिकाकी सोनियाँ खड्काले रजत र धवलागिरी गाउँपालिकाकी अञ्जना विकले कास्य पदक जित्न सफल हुनुभएको छ । पदक विजेताहरुलाई जिसस प्रमुख थापा ,खेलकुद विकास समितिका अध्यक्ष केसीसहितका जनप्रतिनिधिले पुरस्कार वितरण गर्नुभयो । त्यसैगरीे उद्घाटन समारोहमा भएको मार्चपासमा अन्नपूर्ण,रघुगंगा र धवलागिरी गाउँपालिका क्रमश ःप्रथम, दृतीय र तृतीय भए । जिसस प्रमुख थापा र प्रजिअ ढकालले स्थानीय तहहरुले खेलकुद क्षेत्रमा पनि लगानी बढाउन सुझाव दिनुभयो । अनुशासन, लगनशिलता, इमान्दारिता र मेहनतका साथै स्वस्थ्य रहन पनि खेलकुदले सहयोग पुग्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा ३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताउनुभयो । प्रथम हुने पालिकाले रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद बीस हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । द्धितिय र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । धवलागिरी र रघुगङ्गा बाहेकका पालिकाले कवड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।एथलेटिक्स बेनीको खुल्ला मञ्चमा, मार्सल आर्ट र उसु कवर्ड हल, कवड्डी कालीपुलको बास्केटबल खेलमैदान भलिबल खेल म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने समितिका सदस्य प्रविन शाहीले बताउनुभयो । खेलकुद विका समितिका सचिव याेगेन्द्रमान शेरचनले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । सबै खेलको फाइनल खुल्ला मञ्चमा खेलाउने खेलकुद विकास समितिले जनाएको छ ।यसपाली अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकाका खेलाडीले उसुमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई व्यवस्थित बनाउन समितिका पदाधीकारी, सदस्य, कर्मचारी र प्रशिक्षकलाई जिम्मेवारी बाँडफाड गरिएको अध्यक्ष केसीले बताउनुभयो । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईनेछ । बेनी नगरपालिकासहित रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धवलागिरीमा सम्पन्न भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी यहाँ सहभागी भएका छन् । तस्बिर : साधन राम्जाली /म्याग्दी न्युज डटकम      
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP