शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बिममा दुई जनाको हत्या
बिममा दुई जनाको हत्या
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २१, २०८०
Bima-Hatya-2080
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिम स्थित दिबोटमा दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ,शनिबार विहान करिब सात बजेको समयमा सोही वडाको वाइन्दफाँटका टेकप्रसाद रोका (झाँक्री)ले अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्दा अन्दाजी ८० वर्षिया मनसाङ्ग गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्षीया नातिनी प्रियंका गर्बुजाको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा चार बजेको समयमा मृत्यु भएको छ ।भने नौरुङकी ६६ वर्षिया अमृता जुग्जालीको उपचार भइरहेको छ । ‘हत्यामा संलग्न अभियुक्तलाई निन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको छ,’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक मदन कुँवरले भन्नुभयो । घटनाबारे सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार पत्रकार सम्मेलनको तयारी गरेको छ । गम्भीर घाइते बर्षिया अमृता जुग्जाली र प्रियंकालाई हेलिकप्टरबाट थप उपचारका लागि मणिपाल अस्पतालमा लगिएको थियो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याइएको छ । जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि हेलिकप्टरबाट पोखरा लगिएको थियो । बज्यैलाई सडकमा रगताम्मे देखेपछि बचाउन जानुभएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियंकाका भाई प्रिन्स भने घरको खाटमुनी लुकेर ज्यान बचाउनुभएको थियो । मृतक मसाङका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो । जंगलमा घाँस काट्दै गर्नुभएकी अमृतालाई चिर्पट प्रहार भएको थियो । बिम तल्लो गाउँ नजिकै एक वटा ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् । वडा अध्यक्ष टकबहादुर पुनले अकल्पनिय र अप्रिय घटना घटेको भन्दै दुःख व्यक्त गर्नुभयो । ४९ वर्षिय टेकप्रसाद परिवारबाट अलग भएर एक्लै बस्ने गरेको स्थानीयको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP