शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई (तस्बिरहरू)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २१, २०८०
IMG_3978
म्याग्दी । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्ला सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ कास्य पदकसहित रघुगंगा गाउँपालिका दोस्रो र ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका तेस्रो हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल पालिकालाई क्रमश ः नगद रु २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा जिल्लाका ६ वटा पालिकामा सम्पन्न विद्यालय तह स्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा‘खम्बिर’, बेनी नगरपालिका मेयर सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पदक विजेता खेलाडी र उपाधि बिजेता पालिकालाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शलआर्ट तर्फ ३६ पदकमा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुमध्येबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागिताका लागि ९८ जना खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राईले बताउनुभयो ।    
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP