शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
धवलागिरी गाउँपालिकाको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २६, २०८०
DRM Gausava (5)
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो । ४८ करोड १२ लाख ९४ हजार रुपैयाँको संसोधित बजेट पारित भएको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले बताउनुभयो । विभिन्न ४२ वटा योजना तथा कार्यक्रमका लागि थप चार करोड २३ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन भएको हो । जेष्ठ नागरिक र अपाङ्गता भएका विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन दश लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले सात वटै वडामा सर्ने÷नसर्ने दिर्घ रोग स्कृनिङ स्याटेलाइट क्लिनिक तथा औषधी वितरण कार्यक्रम मार्फत जेष्ठ नागरिक, अपाङ्ग, दिर्घरोगी र विपन्न नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिइने बताउनुभयो । ‘चिकित्सक र स्वास्थ्यकर्मी घरघरमै पुुगेर परिक्षण, परामर्श र उपचार सेवा दिने व्यवस्था मिलाएका छौ,’ उहाँले भन्नुभयो ‘एक महिनाको लागि औषधी पनि निशूल्क उपलब्ध गराउछौ । यो कार्यक्रमले धवलागिरीमा स्वास्थ्य क्षेत्रमा जागरण र सुधार ल्याउने अपेक्षा गरेका छौ ।’ भौगोलिक रुपमा विकट र दुुर्गम क्षेत्रका सर्वसाधारणहरु गरिवी, चेतनाको कमी र स्वास्थ्य संस्थामा पहुँच नहुँदा रोग पालेर बस्नुपर्ने समस्या हट्ने उनले बताउनुभयो । गाउँपालिकामा आवश्यक पर्ने फलफुल र जडिवुुटीको बिरुवा उत्पादन गर्न पालिकालेनै नर्सरी स्थापना गर्न रु. पाँच लाख, सबै स्वास्थ्य संस्थामा शिशु स्वागत घर निर्माण र सञ्चालन गर्न पाँच लाख रुपैयाँ, भिडियो एक्सरे सेवा सञ्चालनका लागि युएसजी मेसिन खरिद गर्न आठ लाख रुपैयाँ बिनियोजन गरेको छ । अपाङ्ग स्वास्थ्य परिक्षण, परिचयपत्र वितरण तथा सहायता सामग्री वितरण गर्न पाँच लाख, ३० जना युुवाहरुलाई ३ महिने सिप सिकाई तथा प्रविधी हस्तान्तरण गर्न दश लाख, जोखिमयुुक्त घरहरुको जोखिम आवास बिमाका लागि दुुई लाख पचास हजार, आवधिक योजना बनाउन १२ लाख, जग्गा वर्गीकरण गर्न पाँच लाख, सबै विद्यालयमा विद्यार्थी गुुनासो पेटिका राख्न एक लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष रेशम पुुनमगरले जानकारी दिनुभयो । गत आर्थिक वर्षको अधुुरा योजनाहरु मध्य मुुदी–खिवाङ सडक, मराङ एक घर, एक धारा, वडा कार्यालय भवन निर्माणलाई पूूर्णता दिन एक करोड पचास लाख रुपैयाँ बिनियोजन भएको छ । सभामा लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले पेश गरेको बेरुजुु फस्यौट सम्बन्धी प्रस्ताव पारित भएको छ । चालुु आर्थिक वर्षमा बिनियोजन भएको मध्य हाल चालुतर्फ ३४.४४ प्रतिशत र पँुुजिगत तर्फ ४.४४ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले बताउनुभयो । ८७ वटा योजना मध्य हालसम्म ११ वटा सम्पन्न भएका छन् । असोज देखि मंसिर महिनासम्म प्रशासकीय अधिकृत नहुँदा योजना र बजेट कार्यान्वयनमा समस्या भएको थियो । गत महिना प्रमुख प्रशासकीय अधिकृत आएको, ठेक्काका योजनाहरु प्रक्रीयामा लिएको र उपभोक्ता समितिसँग सम्झौता गर्न वडामै घुुम्ति शिविर सञ्चालन गरिने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP