शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पत्रकार गौतम सहित खेलाडी, कलाकार र कर्मचारी पुरस्कृत
पत्रकार गौतम सहित खेलाडी, कलाकार र कर्मचारी पुरस्कृत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २६, २०८०
Santosh Gautam Samman
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ ।मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा  धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अन्नपूूर्ण पोष्ट्का म्याग्दी जिल्ला समाचारदाता सन्तोष गौतम, लोक कलाकार खड्ग गर्बुुजा र अपाङ्गता भएकाहरुबीच हुुने अन्तराष्ट्रिय खेलकुुद प्रतियोगितामा पदक दिलाएका केशव थापा रहेका छन् ।  गौतम, गर्बुजा र थापालाई नगद दश हजार पाँच सय रुपैयाँ सहित दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरिएको थियो । धवलागिरी गाँउपालिका–७,ताकममा जन्मिएका गौतम १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । यानीमाया, सालैजो, सुनिमाया लगायत म्याग्दी आसपासका लोकभाकालाई स्थापित गराउन योगदान गरेका गर्बुजाको जन्मथलो धवलागिरी गाउँपालिका–६ मराङ हो । ह्वीइल चियरमा बसेर खेलीने अन्तराष्ट्रिय टेवल टेनिस खेलमा नेपाललाई स्वर्ण पदक दिलाएका ३२ वर्षीय केशवको जन्मथलो धवलागिरी गाउँपालिका–७, धारापानी हो । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुन, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगरले पुुरस्कार वितरण गरेका थिए । यसैगरी गाउँपालिकाको प्राबिधिक शाखाका प्रमुुख लोकेन्द्र रावल, लेखा शाखा प्रमुख तिलक शंकर पौडेल, शिक्षा शाखाका प्रमुुख ख्यामराज सुुवेदी, वडा सचिव बेदनाथ सुुवेदी र कार्यालय सहयोगी सतदेवी जुुग्जालीलाई पनि नगद सहित पुुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुुवेदीले जानकारी दिए । केही दिनअघि बेनीमा भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएर पदक दिलाएका खेलाडीहरुलाई समेत पुुरस्कृत गरिएको छ । प्रतियोगितामा धवलागिरीका १८ जना खेलाडीले १८ वटा पदक जितेका थिए । उनिहरुलाई ३२ हजार रुपैयाँ नगद पुुरस्कार वितरण गरिएको हो । कलाकार गर्बुजाले लोक भाकामा स्थानीयबासीलाई नचाएका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP