शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको माघेसङक्रान्ति मेला शुरु
म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको माघेसङक्रान्ति मेला शुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २८, २०८०
Messenger_creation_941abf90-d81b-4c02-a90b-9471a4c06105
काठमाडौं । म्याग्दीमा पुर्खेउली घर भै काठमाडौं उपत्याका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर समाज काठमाण्डौं उपत्याको आयोजनामा ललितपुरको एकान्ताकुनास्थित् बागडोलमा माघे संक्रान्ति मेला शनिबार देखि शुरु भएको छ । मगरहरुको महान चार्ड मानिने माघे संक्रान्तिको अवसरमा आयोजना भएको उक्त मेला माघ ६ गते सम्म सञ्चालन हुने छ । मेलाको उद्घाटनगर्दै म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खमबहादुर गर्बुजा (खम्बिर)ले मगर जातिले माघे संक्रान्तिलाई महान पर्वको रुपमा लिने गरेको बताउँदै सबैलाई यस पर्वको शुभकामना दिनुभएको थियो । प्रतिनिधि सभा सदस्य गर्बुजाले आफु निर्वाचित भएको एक बर्ष मात्रै भएको र अझै ४ बर्ष कार्यकाल बाँकी नै रहेको बताउँदै म्याग्दी जिल्ला भित्र गौरबका आयोजना भित्र्याउन पहल गर्दै आएको बताउनु भयो । उहाँले गफ भन्दा पनि बढी काम गर्नु आजको आवस्यकता रहेको औंल्याउँदै आफुले आफ्नो क्षमताले भ्याए सम्म जिल्लाको बिकाश निर्माणको कार्य र निति निर्माण तहमा बलियो उपस्थिती हुने गरी काम गरि राखेको बताउँदै आगामि दिनमा अझै धेरै काम इमान्दारीताका साथ गर्ने बताउनुभयो । शनिबार देखि शुरु भएको उक्त मेला ८ दिन सम्म सञ्चालन हुने छ । मेलामा खुल्ला भलिवल, बास्केटबल, तारो खेल, महिला र पुरुष छेलो, अन्दनीशान, म्युजिकल चिएर लगाएतका खेलकुद कार्यक्रमहरु आयोजना गरीएको छ । त्यसैगरी मेलामै अग्रजहरु लाई सम्मान गरिने मगर समाजको अध्यक्ष दिलकुमारी राम्झालीले बताउनु भयो । उक्त मेलामा काठमाडौंमा बस्ने म्याग्दी बासी संगै विभिन्न जिल्लाका मानिसहरुको उपस्थिति रहने छ । मेला अवधिभर राष्ट्रिय कलाकारहरुको उपस्थितीमा विविध सांस्कृतिक कार्यक्रमहरुको पनि अयोजना गरिएको छ । शनिबार देखि शुरु भएको मेलाको उद्घाटन शत्रमा म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको अध्यक्ष डिलकुमारी राम्जाली गर्बुजाको अध्यक्षता रहेको थियो भने मेलाको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गनुभएको थियो । समाजका उपाध्यक्ष कमलराज पुनले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन समाजका सचिव मनबहादुर पुनले गर्नु भएको थियो भने कार्यक्रममा समाजका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष तुलप्रसाद पुनले शुभकामना मन्तव्य व्यक्तगर्नु भएको थियो ।  
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २१:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP