शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • माघेसङ्क्रान्ति मेला सुरु,विकासका लागि साझा पहल आवश्यक:सांसद गर्बुजा(तस्बिर/भिडिओ)
माघेसङ्क्रान्ति मेला सुरु,विकासका लागि साझा पहल आवश्यक:सांसद गर्बुजा(तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २९, २०८०
IMG_4150
बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकास र समृद्धिको लागि पहल भइरहेको बताउनुभएको छ ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि सुरु भएको माघेसङ्क्रान्ति मेलाको उद्घाटन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो ।कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले अपुरो विकास निर्माणलाई पूर्णता दिन निरन्तर ताकेता गरिरहेको बताउनुभयो । ‘जिल्लाको विकास र समृद्धिका लागि मेरो तर्फबाट पहल भइरहेको छ । मेरो एकल प्रयासले मात्र सम्भव हुँदैन । समग्र जिल्लाको विकास र समृद्धि,अधुरा विकास निर्माणका आयोजनालाई पुर्णता दिन तथा थपिएका आयोजनलाई कार्यान्वयन गर्न तीनै तहका सरकारविच समन्व र पहल सँगै जिल्लाबासीले पनि सहयोग गर्न आवश्यक छ,’उहाँले भन्नुभयो ।‘ साथै उहाँले माघेसङ्क्रान्ति सबैको साझा पर्व भएको बताउनुभयो । उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित सुरु भएको मेलाको उद्घाटन पूर्व जिल्लाका विभिन्न जातजाति तथा संघ संस्थाका झाँकीले बेनी बजार परिक्रमा गरिएको थियो । [embed]https://youtu.be/izQKXSBPC6w[/embed] उहाँले बेनी–पाखापानी सडकको बहुबर्षे ठेक्का, मध्यपहाडी लोकमार्गको बैकल्पिक पश्चिम म्याग्दी हँुदै जोड्ने सडकलाई २५ करोड बजेट सु्निश्चित भएको बताउनुभयो । ‘सम्रग म्याग्दी जिल्लाको विकासका लागि बजेट भित्राउन केन्द्रित भएका छांै,‘सबैको साथ र सहयोगबाट मात्रै जिल्लाको विकास सम्भव छ’ उहाँले थप्नुभयो ।उहाँले गठबन्धनबाट विजय भएका सांसदको एकता र सहकार्यबाट भित्रिएका योजनाहरूलाई समयमै सम्पन्न गर्न सबै राजनीतिक दलको साथ आवश्यक रहेको बताउनुभयो । सोही अवसरमा प्रदेशसभा सांसद हरि भण्डारीले चुनावी बाचाहरू क्रमश पूरा हुने चरणमा रहेको बताउनुभयो । ‘बजेट मागेपछि पाइने रहेछ,अहिलेको अनुभवले बाँकी कार्यकालमा पनि हामीले बजेटको लहर ल्याउँछौ’ साँसद भण्डारीले भन्नुभयो । उहाँले विकास निर्माण सहित खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राथमिकताका आधारमा बजेट भित्राउने बताउनुभयो । सोही अवसरमा प्रदेशसभा सदस्य बिमला गौचनले महिला उद्यमी सफल भएमात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।उहाँले महिलालाई हरेक क्षेत्रमा नेतृत्वतहमा लैजान सकेमा सम्रग देशको परिवर्तन सम्भव रहेको बताउनुभयो । उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बेनपा -७,का वडा अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिकी म्याग्दीकी निर्वतमान अध्यक्ष लक्ष्मी भण्डारीले पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तब्य राख्नुभएको थियो ।मेलामा म्याग्दीका चार विधामा उत्कृष्ट महिलालाई सम्मान समेत गरिएको थियोे । राजनीतितर्फ संविधानसभा सदस्य थममायाँ थापा, सिलाइकटाई तर्फ बेनपा–७,की कमला गिरी,कृषितर्फ बेनपा–२,लभ्लीहिलकी पवित्रा कार्की र कलाकारतर्फ रघुगंगा गाउँपालिका–७,की धनकुमारी थापालाई सम्मान गरिएको थियो । मेलाको अध्यक्षता मुल संयोजक अम्बिका श्रेष्ठ, सञ्चालन महासचिव प्रमिला जोशी श्रेष्ठ, सचिब कमला सुबेदी र समापन समितिकी बरिष्ठ उपाध्यक्ष बिष्णु गुरुङले गर्नुभएको थियो । आगामी माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न स्थानीय उत्पादनका स्टलहरु समेत राखिएको छ ।स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटनको प्रवर्द्धन, खुल्ला सामूहिक नृत्य, एकल महिला नृत्य, परम्परागत खानाको परिकार तथा माघेसङ्क्रान्तिको महत्वलाई प्राथमिकता दिइएको छ स्थानीय लघु तथा घरेलु उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न सघाइने भएकाले आयातितभन्दा स्थानीय उत्पादनका स्टलहरुलाई निशुल्क ब्यवस्था मिलाइएको छ । म्याग्दीको बेनीमा तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिको आयोजनामा माघेसङ्क्रान्ति मेला आयोजना हुँदै आएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले २०५७ सालदेखि जिल्लामा उद्योग वाणिज्य संघको अगुवाइमा माघेसङ्क्रान्ति मेला हुँदै आइरहेकोमा अहिले पनि मेलालाई निरन्तरता दिइएको छ । मेला सम्पन्न गर्नको लागि १० लाख ८० हजार रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जिल्लास्तरमा हुने महोत्सव तथा मेलाले जिल्लाको पर्यटन प्रवर्द्धनका साथै स्थानीय उत्पादनको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।  
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP