शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण : सांसद गर्बुजा(तस्बिरहरु)
समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण : सांसद गर्बुजा(तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ १, २०८०
IMG_4345
बेनी। प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा‘खम्बिर’ले समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण भएको बताउनुभएको छ। म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित गांम्फा क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘राजनितिक सँगै सामाजिक परिवर्तनमा युवाहरु र क्लबको भुमिका महत्वपुर्ण हुन्छ,’उहाँले भन्नुभयो,‘आगामी दिनमा पनि क्लबको रचनात्मक क्रियाकलापमा मैले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ साथै माघेसङ्क्रान्ति पर्वको शुभकामना व्यक्त गर्दै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले जिल्लाको विकास ,समृद्धि र सुशासनको लागि आफुले काम गरिरहेको बताउनुभयो । साँस्कृतिक पर्वमा सञ्चालित मेलाले गाउँका युवाहरुविच आपसी भाइचाराको सम्बन्ध स्थापित गर्न र प्रतिभाको पहिचान गर्नमा सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो । ऐतिहासिक स्थल गांम्फा धुरीको पर्यटन प्रवद्र्धन र पुर्वाधार निर्माण,क्लबको खेल मैदान,आमा समुहको भवन लगायत वडाको विकासलाई प्राथमिकता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वडामा कांग्रेसका जनप्रतिनिधि भएपनि विकास र समृद्धिका लागि सबै वडाबासी एकजुट भएर लाग्न आग्रह गर्नुभयो । कुनै स्वार्थ नराखी जिल्लाको विकास र जिल्लाबासीको जिवनस्तरमा परिवर्तन ल्याउन आफु राजनिति र समाजसेवामा होमिएकाले इमानदार भएर काम गर्ने सांसद गर्बुजाको भनाइ थियो । वडा अध्यक्ष लालबहादुर रोका,कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्याल र जिल्ला खेलकुद विकास समितिका सचिव योगेन्द्रमान शेरचनले खेलकुद प्रतियोगिता र मेलाले गाउँका युवाहरुविच भाइचाराको सम्बन्ध स्थापित गर्नमा मदत पुग्ने बताउनुभयो । क्लब अध्यक्ष अमिन रोकाले खेलकुद क्षेत्रको विकास ,प्रवद्र्धन र प्रतिभा पहिचान तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले मेला संचालन गरिएको बताउनुभयो । कार्यक्रममा खेलमैदान निर्माणमा सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो। गाउँपालिकाको ८ लाख रुपैयाँ बजेट र स्वेदश तथा विदेशमा रहेका बुकेनीबाट करिब सात लाख रुपियाँमा खेलमैदान निर्माण गरिएको छ । भने जग्गा खरिदको लागि बुकेनी आमा समुहले पाँच लाख सहयोग गरेको थियो । जग्गा खरिद र खेलमैदान निर्माणको लागि मंगला–५,पिपलबोटका समाजसेवी विरेन्द्र बुढाथोकीले एक लाख रुपैयाँ सहयोग गर्नुभएको क्लबका संस्थापक संरक्षक दुर्गा रोका मगरले बताउनुभयो ।उक्त  खेलमैदानको वडा अध्यक्ष लालबहादुर रोकाले पुस २६ गते  उद्घाटन गर्नुभएको थियो । क्लब अध्यक्ष रोकाका अनुसार,पुरुष भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः ६० हजार र ३५ हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पार्नेछन् ।प्रौढ भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी महिला भलिबल विजेता र उपविजेताले क्रमशः२० हजार र १२ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुस २६ गतेदेखि सञ्चालित मेलामा सोमबार चर्चित गायक खड्क गर्बुजा र गायीका सुशिला विश्वकर्माले सांगितीक प्रस्तुती दिनुभएको थियो । यसैगरी कलाकार पविता पुनले नृत्य प्रस्तुत गर्नुभएको थियो । स्थानीय कलाधर कँडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।    
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २१:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP