शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • आमाको स्मृतिमा हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार वितरण(फोटोफिचर)
आमाको स्मृतिमा हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार वितरण(फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २, २०८०
IMG_4599
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिबाङ स्थित हेम माध्यमिक विद्यालयमा दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । सिवाङ घर भई हाल अमेरिका निवासी समाजसेवी राम गुरुङले आमा टिकामायाको सम्झनामा स्थापना गर्नुभएको टिकामाया स्मृति अक्षयकोषबाट मंगलबार विद्यालयमा विद्यालयमा उत्कृष्ट/प्रथम,द्धितिय,तृतिय र सान्त्वना भएका शिक्षक ,वार्षिक परिक्षामा उत्कृष्ट जिपिए ल्याउने र विविध प्रतियोगितामा विजेताहरुलाई नगद,ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।   दिवसकाे अवसरमा यस वर्ष शिक्षकतर्फ सर्वोत्कृष्ट÷प्रथम हुनुभएका शिक्षक मनिराम थनेतलाई २५ हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्रले पुस्कृत गरिएकाे छ । भने द्धितिय उमादेवी कँडेललाई १५ हजार नगद सहित ट्रफी , प्रमाणपत्र,तृतिय हुनुभएका भिमप्रसाद पौडेलले १० हजार नगद सहित ट्रफी , प्रमाणपत्र र सान्त्वना स्थान हासिल गर्नुभएका शिक्षक कुलराज आचार्यले पाँच हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउनुभएको छ । विद्यालय व्यवस्थापन समिति र अभिभावकको भेलाले छनोट गरेका शिक्षकहरुलाई पुस्कृत गरिएको विद्यालयका प्रअ शेरबहादुर केसीले बताउनुभयो । समाजसेवी गुरुङले यस अघि आमा टिकामायाको सम्झनामा विद्यालयमा टिकामाया स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गर्दै आएको विद्यालयले जनाएको छ । गत वर्षको परिक्षामा उत्कृष्ट जिपिएको आधारमा कक्षा १–५ तर्फ कक्षा २ का सायु घर्ती,६–८तर्फ कक्षा ८ का अन्जान घर्ती र कक्षा दशकी सन्ध्या सुनारलाई जनही पाँच हजार नगद सहित ट्रफी र प्रमाणपत्रले वितरण गरिएको छ । हेम मावि कक्षा ११मा भर्ना हुने विद्यार्थीहरु मध्ये उत्कृष्ट जिपिएको आधारमा छात्रातर्फ सुस्मिता थापा र छात्रतर्फ भेजिन्द्र सुनारलाई नगद दश हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’,वडा अध्यक्ष अशोक खत्री,अक्षयकोषका प्रमुख संरक्षक गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरकुमारी बुढाथोकी ,स्वर्गिय टिकामायाका श्रीमान जितबहादुर फगामी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। सांसद गर्बुजाले विदेशमा छाक कटाएर जन्मगाउँको विद्यालयलाई सहयोग गर्नु उदाहरणीय काम भएको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्रवासमा रहेका गुरुङ लगायत म्याग्दीलीहरुले जिल्लामा शिक्षा ,स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा ठुलो आर्थिक सहयोग गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले वडा र गाउँपालिका भित्रका विद्यालयमा पुर्वाधार निर्माण र शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि पालिका ,प्रदेश र संघ सरकार विच सहकार्य गरिरहेको बताउनुभयो । जनतासामु गरेका प्रतिवद्धता पुरा गर्न लागिपरेको सांसद गर्बुजाको भनाइ छ । स्वर्गिय आमाको सम्झनामा विद्यालयमा अध्यापनरत शिक्षक ,गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्धेश्यले अक्षयकोष स्थापना गरि वार्षिक रुपमा पुरस्कार वितरण गर्दै आएको बताउनुभयो । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । गुरुङ लामो समयदेखि होटेल व्यवसायी गर्दै आउनुभएको छ । वडा अध्यक्ष खत्री र गाउँपालिका शिक्षाा शाखा स्राेत व्यक्ती गिरीप्रसाद छन्त्यालले विद्यालयमा अक्षयकोष स्थापना गरेर ठुलो सहयोग पु¥याएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । शिक्षकहरु मनिराम थनेत र उमावेवी कँडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । भने विद्यालयका प्रअ केसीले स्वागत गर्नुभएको थियो । यसैगरी स्मृति दिवसको अवसरमा विद्यालयमा आयोजित हाजिरीजवाफ,एकल लोकगित  ,चित्रकला,बादविवाद,वक्तृत्वकला,निवन्ध लेखन ,निवन्ध लेखन(अंग्रेजीमा) र नृत्य प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यार्थीहरुलाई नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्रले पुस्कृत गरिएको छ । सरसफाइ,अनुशासित र उत्कृष्ट खेलाडीलाई समेत नगद सहित पुरस्कृत गरिएको थियो । भने शिक्षक र विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।  
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP