शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिने
म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ ४, २०८०
parichaya-patra-ko-farm-saj-news-beni-1-696x522
बेनी । म्याग्दीको प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिदिन थालेको छ । आफैँ अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीहरुले शूल्क तिरेर व्यवसायीको सहायता लिनुपर्ने बाध्यता हटेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रशासन कार्यालयमा बिहीबारदेखि निशूल्क फारम भरिदिन थालेको जानकारी दिनुभयो । ‘राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्नका लागि छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्था मिलाएका छौं,’ उहाँले भन्नुभयो ‘आफैँ भर्न सक्नेले आफैँ भर्नुहुन्छ  नसक्ने सेवाग्राहीले बजारका साइबरमा शूल्क तिरेर राष्ट्रिय परिचयपत्रको अनलाइन फारम र विवरण भर्नु पर्दैन् । कर्मचारीले भरिदिने व्यवस्था मिलाएका छौँ ।’ निशुल्क रुपमा प्रशासनमै अनलाइन फारम भर्दा खर्चको बचत र झञ्जट हटेको बेनी नगरपालिका–२ गौश्वराकी सपना केसीले  बताउनुभयो । जापानबाट आएकी केसी म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने निशुल्क सेवा लिने पहिलो सेवाग्राही हुन् । बजारको साइबरमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको एक सयदेखि दुई सय रुपैयाँ शूल्क लिने गरेका सेवाग्राहीले बताएका छन् । म्याग्दीमा दैनिक ३५ जनाले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम, विवरण भर्ने र बायोमेट्रिक गर्ने सेवा लिने गरेका छन् । व्यक्तिको आँखा, अनुहार, हात, औँठाछाप आदिको डिजिटल (विद्युतीय) विवरण संकलन गर्ने आधुनिक प्रणालीलाई बायोमेट्रिक भनिन्छ ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २०:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP