शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पलायन रोक्न शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्छ : सांसद गर्बुजा
पलायन रोक्न शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्छ : सांसद गर्बुजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ ४, २०८०
IMG_0193-1024x683
बेनी । म्याग्दीका प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा ‘खम्बीर’ले ग्रामिण भेगका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले शैक्षिक सुधारमा सबैले ध्यानदिनुपर्ने बेला आएको बताउनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँ मा रहेको महेन्द्र माविका ३३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस र विविध खेलकुद कार्यक्रमको उद्घाटन गर्दै सांसद गर्बुजाले पढ्न सहर झर्ने अवस्थाको अन्त्य गर्न गाउँका विद्यालयले आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । गाउँबाट बैदेशिक रोजगारीका साथै गुणस्तरीय शिक्षाका लागि भन्दै बजार झर्नेको संख्या समेत बढ्दै जाँदा गाउँबस्ती नै सुनसान हुन थालेका सांसद गर्बुजाको भनाई छ । ‘गाउँमा चहलपहल बढाउन पढ्न बजार झर्ने विद्यार्थीलाई रोक्नुपर्छ, बेनीका सामुदायिक विद्यालयमा थामिनसक्नु विद्यार्थी गाउँबाटै गएर भएका हुन्’ सांसद गर्बुजाले भन्नुभयो । उहाँले गाउँमा चहलपहल बढाउन शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रको पूर्वाधारमा समेत उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले अलपत्र बनेको बेनी–पात्लेखेत–झिँ–पाखापानी सडकको बहुबर्षीय ठेक्का लागेको बताउँदै अब पाखापानीसम्म कालोपत्रे सडक तीन बर्ष भित्र पुग्ने बताउनुभयो । ‘हामीले चुनावमा गरेको प्रतिबद्धता पुरा गरेरै छोड्छौ, भौतिक पूर्वाधारमा तीनै तहले प्राथमिकताका आधारमा लगानी बढाउनुपर्छ’ सांसद गर्बुजाले भन्नुभयो । उहाँले निर्वाचनको समयमा चुनावी प्रतिबद्धता अनुसारका सबै काम आफ्नो कार्यकालमा पूरा गरेरै छोड्ने समेत प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य बिमला गौचनले शैक्षिक क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको बताउदै ग्रामिण क्षेत्रमा शैक्षिक क्षेत्र संगै पर्यटन क्षेत्रको समेत विकास गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा कार्यक्रममा २०७९ सालको एसईई परिक्षामा पास हुने विद्यार्थीलाई सम्मान, विद्यालयको शैक्षिक सुधार गर्नका लागि अक्षयकोष स्थापना गर्ने आर्थिक सहयोगदातालाई सम्मान, विद्यालयमा अध्यापन गराएका पूर्व शिक्षकहरुलाई सम्मान र अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितका अध्यक्ष पदम बहादुर शेरपुजाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको अबस्था र आर्थिक, शैक्षिक भौतिक प्रतिवेदन प्र.अ यामबहादुर शेरपुञ्जाले प्रस्तुत गर्नुभएको थियो । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा भलिबल सहितका खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २१:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP