शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गठबन्धनका उम्मेदवार मतदाता भेटघाट गर्न म्याग्दीमा
गठबन्धनका उम्मेदवार मतदाता भेटघाट गर्न म्याग्दीमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ६, २०८०
20240120_111412-scaled
बेनी । सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार मतदाता भेटघाटका लागि शनिबार म्याग्दी आएका छन् । मतदाता भेटघाटका लागि गण्डकी प्रदेशका ११ जिल्लाको यात्रामा निस्किएका उम्मेदवारले संविधानको रक्षाका लागि गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका थिए । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा आयोजित चुनावी भेटघाट र अन्तर्क्रिरयाको अवसरमा गठबन्धनका साझा उम्मेदवारलाई विजय बनाएर राष्ट्रिय सभाबाट राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि खट्नुपर्ने बताइएको थियो । गठबन्धनका तर्फबाट गण्डकीमा अन्यतर्फ किरणबाबु श्रेष्ठ ९गोर्खा०, महिलातर्फ मनरुपा शर्मा सुवेदी ९पर्वत० र अल्पसंख्यक तथा अपाङ्गतातर्फ पदमबहादुर परियार ९तनहुँ० ले गठबन्धन विजयका लागि मात्रै नभई प्राप्त उपलब्धीको रक्षाका लागि भएको बताएका थिए । आफ्ना उम्मेदवारहरूलाई जिताउन गठबन्धनले मतदाताहरूसँग भेटघाट कार्यक्रम तय गरेको नेपाली काँग्रेसले जनाएको छ। गठबन्धनका अन्य तर्फका उम्मेदवार किरणबाबु श्रेष्ठ, महिलातर्फकी उम्मेदवार मनरुपा शर्मा सुवेदीm अपाङ्गता तथा अल्पसंख्यकतर्फका उम्मेदवार पदमबहादुर परियारले गठबन्धनको साझा प्रतिबद्धता पूरा गर्ने बताएका थिए । मतदाता भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, बिमला गौचन, म्याग्दीका स्थानीय तहमा गठबन्धनबाट विजय भएका उम्मेदवार, पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । गण्डकीमा ६० जना प्रदेश सभा सदस्य, ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन्। गण्डकीमा गठबन्धनको भारी बहुमत पुग्छ । गण्डकीमा कुल ६ हजार ४ सय १० मतभार रहेकोमा सत्ता गठबन्धनसँग ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ। गण्डकीमा ६० प्रदेश सभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ रहेकाले गण्डकीमा ३ हजार १ सय ८०, स्थानीय तहको प्रमुख र उपप्रमुखको समान १९÷१९ मतभार रहेकाले ३ हजार २ सय ३० मतभार छ । काँग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादी केन्द्रको ९ सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ मतभार भएकाले सबै जोड्दा सत्ता गठबन्धनसँग पुग्छ। जुन जित्नका लागि आवश्यक मतभार भन्दा धेरै हो। नेकपा एमालेको २ मतभार छ। राप्रपाको भने दुई जना प्रदेश सभा सदस्य मात्र भएकाले केवल १ सय ६ मतभार छ ।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १८:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP