शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘प्रथम म्याग्दी भलिबल कप’प्रतियोगिता सुरु
‘प्रथम म्याग्दी भलिबल कप’प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ ९, २०८०
IMG_0730
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार देखि प्रथम म्याग्दी भलिबल कप–२०८० सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले भलिबल खेल सबैको लोकप्रिय खेल भएकाले आफूले पनि प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले खेलकुदले शारिरीक र मानसिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै म्याग्दी जिल्लामा समग्र खेलकुद क्षेत्रको विकास तथा खेलमैदान स्तरोन्नति गर्नका लागि आफ्नो तर्फदेखि सक्दो सहयोग गर्ने बताउनुभयो । आउँदो १२ गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा जिल्लाभरबाट शिक्षक र विद्यार्थी गरी कुल ५६ टिमको सहभागिता रहेको छ । विद्यार्थीतर्फ छात्र १५ र छात्रा १२ टिमले सहभागिता जनाएका छन्भने शिक्षकतर्फ पुरुष २० र महिला १० टिम रहेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । उहाँले म्याग्दी जिल्लाबाट उत्पादित खेलाडीहरुले राष्ट्रियस्तरमा पुगेर नेतृत्व समेत गरेको बताउँदै भलिबल खेलको विकास र प्रवद्र्धन गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । भलिबल प्रतियोगिताको छात्र तथा छात्रातर्फ प्रथम पुरस्कार नगद ५०÷५० हजार र द्वितीय २५÷२५ हजार, शिक्षक, शिक्षिकातर्फ प्रथम पुरस्कार नगद २०÷२० हजार र द्वितीय १०÷१० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले विजेता र उपविजेतालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसैगरी विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई पाँचहजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई दुईहजार पाँचसय रुपैयाँ पुरस्कारको व्यवस्था समेत गरिएको छ । भलिबल प्रतियोगिताको उद्घाटनसत्रमा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गौमती खत्री अक्षयकोषका अध्यक्ष सन्दीप खत्री र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँको अध्यक्षता र महासचिव कुमार किसानको स्वागतमा सम्पन्न उद्घाटनसत्र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो ।  
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २२:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP