शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी
म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ १०, २०८०
415829957_368938382431220_1781289376007733606_n
बेनी । म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०÷८१ मा म्याग्दीका ६ वटा स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको एक कार्यक्रममा अल्या (सरेको) १४ उजुरी रहेकोमा १८ वटा फस्युट गरिएकोमा ३५ उजुरी अनुसन्धानकै क्रममा रहेको अख्तियार दुरूपयोग अनुसन्धान पोखराका प्रमुख सह–सचिव श्री अस्मान तामाङले बताए । म्याग्दीको मालिका गाउँपालिका १०, मंगला ९, रघुगंगा ८, बेनी नगरपालिका ५,धवलागिरी ३ रहेको छ भने संघीय र प्रदेश सरकारका योजनाहरुमा समेत उजुरी परेको छ । म्याग्दीका उजुरीमा नक्कली विल, औषधी वितरण,नदीजन्यबस्तुको उत्खन्न,विकास निर्माणमा गुणस्तरको अभाव, खानेपानी, विद्यालय भवन, पालिकाले प्रयोग गर्ने सवारीसाधन लगायतको क्षेत्रमा उजुरी परेको जानकारी गराइएको थियो । उनले कानुन बमोजिम प्रदत्त जिम्मेवारी सबैले पूर्ण रूपमा पालना गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सकिने बताए । त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान काठमाण्डौका सहन्यायधिबक्ता पुन्यप्रसाद पाठकले उजुरी पदैंमा दोषी ठहर नहुने बताए । उनले मिलेमतो, अनुचित लाभ, राजनीतिक निकटताका आधारमा धेरै भ्रष्टाचारजन्य गतिविधि हुने गरेको बताउँदै आ–आफ्नो पदीय जिम्मेवारीमा सबै गम्भीर बन्न सकेमा मात्रै सुशासनयुक्त समाज बनाउन सकिने बताए । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले अन्नपूर्ण गाउँपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाउँदै सुशासनयुक्त नमुना पालिका बनाउने बताएका थिए । चालु आवको ६ महिनाको अवधिमा अन्नपूर्ण गाउँपालिकाबाट उजुरी समेत नपरेको अवस्थामा अवका दिनमा मसेत विधि र प्रक्रियामा रहेर जनताले पाउने सेवालाई भएको स्रोतसाधन र कर्मचारीले छिटोछरितो गराउने प्रतिबद्धता समेत जनाइएको थियो । कार्यक्रमको सञ्चालन अख्तियार दुरूपयोग अनुसन्धान पोखराका शाखा अधिकृत मनोहर ढुंगानाले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रअ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।  
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०८:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP