शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल
वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ १२, २०८०
IMG_5466
बेनी । नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले वर्तमान सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको छ । शुक्रबार एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गडबन्धनको सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको हो । वर्तमान सकार असक्षम र नालायक भएकै कारण राष्ट्रिय स्वाधिनता र स्वाभिमान अन्तर्राष्ट्रिय स्तरमा कमजोर हुँदै गएको छ ,राष्ट्रिय हित र सार्वभौमिकता जोगाउन चुनौती थपिएको छ’,उहाँले भन्नुभयो ‘ मुलुकलाई चरम संकटबाट बाहिर निकाल्न पनि एमालेको नेतृत्व आवश्यक छ ।’ यसैगरी महासचिव पोखरेलले सरकारलाई दवाव दिन आन्दोलनको तयारी गर्न कार्यकर्तालाई सुझाउनुभयो। नयाँ शक्तिका नाममा छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डो¥याउन नसक्ने बताउनुभयो । ‘सामाजिक सञ्जालको पपुलरिजमले जनताको समस्या र आवश्यकता बुझ्न सक्दैन भन्ने सन्देश जनतामा लैजानुपर्छ,’ उहाँले भन्नुभयो ‘राजनीतिक अस्थिरिता र सामाजिक अराजकतानै विकास र सम्बृद्धिको बाधक हो ।’ हालै सञ्चालन गरिएको पुर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान मार्फत पहिचान भएका समस्या र सम्भावनाको विषयलाई राजनीतिक मुद्दा बनाउने पोखरेलले बताउनुभयो।‘पहाडबाट बसाईसराई रोकेर अवसरको सिर्जना गराउनका लागि सरकारलाई सुझाव दिएका छौं,’ उहाँले भन्नुभयो ‘नेपालको मध्य पहाडलाई सम्बृद्धिको आधारशीलाको रुपमा स्थापित गर्न सकिने विश्वास र मान्यता बनाएका छौं।’ निर्माण भएका अन्तराष्ट्रिय विमानस्थल सञ्चालन, राज्यलाई कमजोर बनाउने गतीतिबि नियन्त्रण, उत्तरदक्षिण र पुर्वपश्चिम जोड्ने लोकमार्ग, आधारभूत अस्पताल निर्माण सम्बन्धी दुरगामी योजनालाई महत्व दिदै लगानी र सुरक्षाको वातावरण बनाएर युवा पलायन घटाउन नीति लिन सरकारसँग माग गर्नुभयो ।जनताको आशा र अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको उहाँले चर्चा गर्नुभयो । ‘गठबन्धन सरकार असफल भइसकेको छ । जनताको आशा र अपेक्षाअनुसार काम नगरेका कारण लोकतन्त्रमाथि नै अनेक शक्तिहरूले षडयन्त्र गर्न थालेका छन्’,उहाँले थप्नुभयो । जनतामा आशा जगाउदै उनिहरुको समस्या पहिचान र सम्बोधन गराउदै आगामी चुनावमा एकल बहुमत प्राप्त हुने गरि संगठन निर्माणमा परिचालन हुन नेता कार्यकर्ताहरुलाई पोखरेलले निर्देशन दिनुभयो । सामाजिक न्याय, सुरक्षा र लोककल्याणकारी समतामुलक राज्य अहिलेको आवश्यकता भएको बताउदै एमालेमा शुद्धिकरणसँगै संगठन सुदृढीकरणमा जोड दिएको महासचिव पोखरेलले बताउनुभयो ।दुई दिनसम्म चल्ने अधिवेशनबाट जिल्ला कमिटिको नयाँ नेतृत्व चयन हुनेछ् । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिएका एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले बताउनुभयो । अधिवेशनको उद्घाटन अघि बेनी बजारमा नेकपा एमालेका नेता कार्यकर्ताहरुले ¥याली गरेका थिए । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, केन्द्रिय सचिव पद्यमा अर्याल, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, नेता खगराज अधिकारी, थममाया थापा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १९:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP