शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश मावि र शिख माविलाई (तस्बिरहरु)
प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश मावि र शिख माविलाई (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ १३, २०८०
shikha mavi and prakash mavi
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम म्याग्दी भलिबल कपको उपाधि छात्रतर्फ प्रकाश मावि र छात्रातर्फ शिख माविले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा छात्रतर्फको खेलमा बेनी नगरपालिका–७,बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका–७, बिम स्थित किसानी माविलाई २८–२६,२५–२१, २५–२१ र २५–१८ को सेटमा पराजित गरी छात्र तर्फ प्रथम भयो । प्रथम भएको प्रकाश माविले ५० हजार रुपैयाँ नगद सहित कप हात पारेको छ । भने दोस्रो बनेको किसानी माविले २५ हजार रुपैयाँ नगद सहित ट्रफी हात पारेको छ । त्यसैगरी छात्रा तर्फ प्रकाश माविलाई पराजित गरेर प्रथम भएको शिख माविले नगद ५० हजार रुपियाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र जितेको छ । भने दोस्रो बनेको प्रकाश माविले २५ हजार रुपियाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पहिलो सेटमा ७–२५ को फराकिलो अन्तरले पराजित भएको शिख मावि दोस्रो सेट १८–२५ अंक बटुल्न सफल भयो भएपनि तेस्रो सेटमा भने २५–२२ को जित निकाल्न सफल शिख माविले चौथो सेटमा २५–२० र अन्तिम सेटमा १५–१२ पछि पार्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । शिक्षकतर्फ गलेश्वर माविलाई पराजित गर्दै प्रथम भएको डनिङ आवसीय माविले २० हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ । भने द्धितिय भएको गलेश्वर माविले १० हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझाएको छ ।यसैगरी शिक्षिका तर्फ माउण्ट एभरेष्ट आवसीय माविलाई पराजित गर्दै प्रथम भएको शिख माविले २० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेको छ ।दोस्रो बनेको माउण्ट एभरेष्ट आवसीय माविले १० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । छात्रतर्फ प्रकाश माविका प्रेम विक र शिख माविकी कमला पाइजा उत्कृष्ट खेलाडी घोषित हुँदै जनही पाँच हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र हात पार्नुभयो । जिल्ला भलिबल सङ्घ र जिल्ला प्रहरी कार्यालय म्याग्दी बिच भएको मैत्रिपुर्ण खेलमा विजयी भएका जिल्ला प्रहरीका खेलाडीले १० हजार रुपैयाँ हात पारेका छन् । प्रतियोगितामा छात्रतर्फ १५ टिम, छात्रा तर्फ १२ टिम सहभागी भएको जिल्ला भलिवल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । त्यस्तै शिक्षकहरुको २० टिम र शिक्षिकाहरुको १० टिमले सहभागिता जनाएका थिए । विजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्यद्धय बिमला गौचन र हरि भण्डारी ,प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल,म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाा ,राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाही लगायतले पुरस्कार वितराण गर्नुभएको थियो । यसैगरी भलिबल संघले कप्तान अरुणा शाहीलाई नगद सहित सम्मान गरेको छ ।        
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १९:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP