शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध निर्वाचित हुँदै,उपाध्यक्ष ,सचीव र उपसचिवमा ८ जनाको उम्मेदवारी दर्ता
एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध निर्वाचित हुँदै,उपाध्यक्ष ,सचीव र उपसचिवमा ८ जनाको उम्मेदवारी दर्ता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ १४, २०८०
IMG_5430
बेनी। नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको बन्दसत्र बेनीमा जारी छ ।शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा आइतबार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ भने अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदमा बालकृष्ण सुवेदीको मात्र उम्मेदवारी दर्ता भएको हो । एकल उम्मेदवारी दर्ता भएपछि सुवेदी निर्विरोध अध्यक्ष बन्ने निश्चित छ । अध्यक्ष पदमा सर्वसम्मत सहमति जुटेपनि अन्य पदाधिकारीमा भने सहमत जुट्न सकेको छैन । गण्डकी प्रदेश पार्टी कमिटी अध्यक्ष नवराज शर्मा लगायतको अध्यक्ष मण्डलले सहमतिमा नेतृत्व सहित सबै पदाधिकारी टुङ्गो लगाउन छलफल थालेको थियो । `अहिलेसम्म अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष बालकृष्ण सुवेदीले मात्र उम्मेदवारी दर्ता गर्नुभएको र उहाँ नै निर्विरोध अध्यक्ष निश्चित भएपनि आधिकारिक रुपमा घोषणा गर्न मात्र बाँकी छ ।अन्य उपाध्यक्ष ,सचीव र उपसचिव  पदका लागी भएको लामो छलफल र प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको हो,यद्यपि सहमतिको प्रयास जारी छ ´एक नेताले भन्नुभयो । उपाध्यक्षमा २ ,सचिवमा २ र उपसचिवमा दुई पदका लागी चार जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।उपाध्यक्षमा निवर्तमान प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिका मेयर सुरत केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । केसी निवर्तमान सचीव समेत हुनुहुन्छ । सचीवमा निवर्तमान उपसचिव तथा निवर्तमान धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्की( दिपक बिखर्ची )तथा उपसचिवमा रामप्रसाद सुवेदी ,खड्ग गिरी ,बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गर्नुभएको प्रमुख अधिकृत बिवश क्षेत्रीले जानकारी दिनुभयो । शनिबार रातिदेखिको छलफलमा अध्यक्ष लगायत सबै पदाधिकारी चयन गर्न गरेको सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको हो । अन्य केहि पदमा पनि निर्वाचन हुने देखीएको छ । उम्मेदवारी फिर्ता लिने समय चार बजेसम्म तोकिएको छ ।अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि सहभागी छन् ।
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP