बेनी ।म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ। जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्।
[caption id="attachment_73357" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
७१औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा चालु आवमा नयाँ बिरामी तीनजनासहित गत वर्षका नियमित औषधी सेवन गर्ने दुईजना गरी पाँचजना कुष्ठरोगीले औषधि सेवन गर्ने गरेको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले बताए। ‘नयाँ बिरामीको अवस्था जटिल खालकै छ। अझैपनि कुष्ठरोगका बिरामीलाई लुकाउने गलत मानसिकता कायमै छ’, सुवेदीले भने।
[caption id="attachment_73354" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
उनका अनुसार नयाँ र पुराना बिरामीले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र बेनी अस्पतालमा दुईजना र केही बिरामीले पोखरमा उपचार तथा औषधी लिने गरेको बताए। एकभन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दीसमेत परेकाले जनचेतनामूलक अभियान र कुष्ठरोगीका बारेमा गलत सन्देशलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको छ।
[caption id="attachment_73353" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
गण्डकी प्रदेशमा १० हजार जनसंख्यामध्ये उपचारमा रहेका जिल्लामा सबैभन्दा धेरै ०।१९ रहेकोे तथ्यांकले देखाएको छ। गण्डकी प्रदेशमै प्रति एक लाख जनसंख्यामा पत्ता लागेको नयाँ बिरामी दरमा म्याग्दी २।७९ रहेको छ। एक प्रतिशतभन्दा माथि कुष्ठरोगी भएको जिल्लालाई जोखिममा राख्ने गरिन्छ।
[caption id="attachment_73356" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
‘जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ। नयाँ बिरामी भेटिनुले समाजबाट बहिस्कृत हुने डरले लुकेर बसेको हुन सक्छ’, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुबन ठकुराठीले भने। उनले प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गरेका छन्।
कतिपय रोगीले सामाजिक बहिस्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाइ छ। माइकोब्याक्टचोरिया लेप्रे नामक किटाणुबाट सर्ने यो रोगको औषधि उपचार निःशुल्क रहेको छ। कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खा देखा पर्छ भने स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांसपेशी कमजोर हुने गर्दछन्।