शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बिकु फ्यामिलि कालोले जित्यो उपाधि
बिकु फ्यामिलि कालोले जित्यो उपाधि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ २०, २०८०
Biku
म्याग्दी । बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो ।माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । त्यस्तै संकल्प सुधार केन्द्र बागलुङलाई २–१ गोलले पराजित गर्दै एभरग्रिन क्लब बेनीले तेश्रो स्थान हासिल गरेको छ । प्रतियोगिताको पहिलो हुने बिकु कालोले एक लाख ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । दोश्रो हुने बिकु सेतोले ७७ हजार सात सय ७७ र तेश्रो स्थान हासिल गरेको एभरग्रिन क्लब बेनीले २२ हजार दुई सय २२ रुपियाँ पुरस्कारका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको बिकु फ्यामिलिका सल्लाहकार आशिष भुजेल क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा विदेशी खेलाडीले म्याग्दीको बेनीमा आएर आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए । प्रतियोगितामा बिकु फ्यामिलिका तर्फबाट अफ्रिका महादेशको नाइजेरीयन खेलाडी अलु ओलासले पनि प्रतियोगितामा सहभागिता जनाएको भुजेलले बताउनुभयो । प्रतियोगितामा फेयर प्ले अवार्ड प्राप्त गरेको कालिपुल युनाइटेड क्लबले नगद आठ हजार आठ सय ८८ रुपियाँ तथा ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा बिकु सेतोका किपर प्रमेश्वर कार्की उत्कृष्ट गोलकिपर, बिकु कालोका पुरन छन्त्याल उत्कृष्ट डिफेन्डर, बिकु कालोका बिकास लामाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रतियोगिताभर ४ गोल गरी सर्वाधिक गोलकर्ता विकु कालोका दिनेश घर्ती मगर हुनुभएको छ । प्रतियोगिताको समापनमा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले खेलकुद क्षेत्रमा महिला उपस्थिति कम भएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले मैदानमा खेलकुद हुँदै गर्दा नाचगानमा मात्रै महिलाहरुको प्रयोग तथा उपस्थिति भएको भन्दै चिन्ता जनाउनु भएको थियो । उहाँले अर्को वर्ष विकु फ्यामिलिले महिलाको प्रतियोगिता आयोजना गर्नु पर्ने भन्दै अर्को पटक मैदानमा नारीको उपस्थिति हेर्ने आफ्नो चाहना रहेको धारणा राख्नु भएको थियो । बिकु फ्यामिलिका अध्यक्ष सफल बुढाथोकीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रमको सञ्चालन सुमित सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा एन्फा म्याग्दीका अध्यक्ष कुमार बानियाँ, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङलगायतले मेडल, ट्रफि तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २२:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP