शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्बिरहरु)
जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ २०, २०८०
IMG20240202152259
जलजला । पर्वतको जलजला गाउँपालिका–५,लेखफाँट स्थित पर्यटकीय स्थल लोप्रेमा शुक्रबार देखि ११ औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । दुईदिन सम्म संचालन हुने उत्सवको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू नामक संस्थाले लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा आयोजना गर्दै आएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ यस वर्ष लोप्रेको मालिका आधारभूत बिद्यालयमा आयोजना गरिएको हो । जलजलामा उत्सव आयोजना हुनु पालिकावासीका लागि खुसीको कुरा भएको बताउँदै लाटोकोसेरो तथा हुचिलको संरक्षण तथा यसले मानव जीवनमा पार्ने सकरात्मक कुराहरुको वारेमा सन्देश प्रवाह गर्न उत्सव सफल हुने गाउँपालिका अध्यक्ष आचार्यले विश्वास व्यक्त गर्नुभयो । जलजलाको लोप्रे पर्यटकीय स्थल पनि भएकाले उत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो । उत्सवका कारण लोप्रेको पर्यटकीय संभावनाका वारेमा प्रचारप्रसारमा टेवा पुगेको उहाँको भनाई थियो । पालिका उपाध्यक्ष दिपक आचार्यले लोप्रेमा आयोजना भएको लाटोकोसेरो तथा हुचिल उत्सवले यहाँको पर्यटन प्रवद्र्धन टेवा पुगेको बताउनुभयो । लोप्रेसम्म आउने सडक स्तरोन्नतिका लागि गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग योजना माग गरिसकेको उहाँले बताउनुभयो । ‘‘चालु आर्थिक वर्ष भित्रमा मिलनचोक देखि लेखफाँट सालिजा,फलामेडाँडा हुँदै नागी जोड्ने सडकको स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारको बजेटमा बहुवर्षीय ठेक्का लगाइदै छ ।’’ प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलहरूको संरक्षणका लागि उत्सव आयोजना गरेर विश्वभर सन्देश दिन खोजिएको बताउनुभयो । उहाँले उत्सवमा विभिन्न जातजातिका मौलिक कला संस्कृति र भेषभूषा प्रदर्शन गरी स्थानीय संस्कृतिको संरक्षण पनि उद्देश्य रहेको बताउनुभयो । उत्सवमा चरा तथा प्रकृतिको अवलोकनको साथै लाटोकोसेरो तथा हुचिलको अस्थायी म्यूजियम पनि निर्माण गरिएको छ । आयोजकले विद्यालयको खेलमैदानमा लाटोकोसेरो अंकित विभिन्न चित्र र जानकारीमुलक पोष्टर,ब्रोसर प्रदर्शन गरेका छन् । लोपोन्मुख स्थानीय खेलहरू ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने, एक खुट्टे प्रदर्शनी सहित भजन, पञ्चेबाजा, यानीमाया,लाखेनाच, पुख्र्यौली नाच, सालैजो गाउने र बजाउने लगायतका कार्यक्रमहरू राखिएका छन्। वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययनरत विद्यार्थीहरुले लाटोकोसेरो सम्बन्धी सचेतनामुलक गीत र नृत्य प्रस्तुत गरेका थिए । हुचिल संरक्षण सम्बन्धी प्रवचन, नेपालको सबैभन्दा ठुलो लाटोकोसेरोको मुकुट प्रदर्शनी, लाटोकोसेरोको आवाज सुन्ने र एक फिट अग्लो रोबोट प्रदर्शनी, लाटोकोसेरोको बारेमा फोटो प्रदर्शनी तथा जानकारी, स्थानीय सामग्रीहरूको प्रदर्शनी तथा बिक्री तथा प्रकृति संरक्षण पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । उत्सवलाई सफल पार्न जलजला गाउँपालिका,वडा,स्थानीय युवाक्लब र आमा समुहहरुले सहयोग गरेको वडा नम्बर ५ का वडाध्यक्ष तिलक जिसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २२:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP