शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सुशासनबाटै विकास : नेता पौडेल
सुशासनबाटै विकास : नेता पौडेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २१, २०८०
424585254_943765437149911_2249136747201420842_n
बेनी ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा कांग्रेस अभियान अन्तरगत संवाद कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका युवा नेता समेत रहनुभएका नेता पौडेलले विकासले मात्रै नागरिकलाई सन्तुष्टि दिन नसक्ने बताउँदै सुशासन कायम गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । ‘मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सुचाकाङ्कमा पनि बढ्यो, तर आज मुलुकमा यतिधेरै नागरिक निरास छन्, बाटो बनाएर, विद्यालय र अस्पतालको सख्ंया थपेर मात्रै नागरिक सन्तुष्ट बन्ने रहेनछन, नागरिकलाई सरकार र राज्यको व्यवहारले खुसी बनाउने रहेछ’, नेता पौडेलले भन्नुभयो । मुलुकमा विकास र राज्यका सेवा पहुँचका आधारमा हुने प्रवृतिले नागरिकलाई समानुपातिक र समावेशी विकासको अनुभूति नदिएको उहाँको भनाई थियो । वि.सं. २०४८ सालयता मुलुकमा सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार, मानव विकास सुचाकाङ्क, अर्थतन्त्र लगायतको क्षेत्रमा व्यापक विकास, सुधार र परिवर्तन भएको उल्लेख गर्दै उहाँले मुलुकमा निरासा बढेर युवाजनशक्ति विदेश पलायन हुने क्रमले आम रुपमा चिन्ता बढाएको बताउनुभयो । उहाँले जनताले जनप्रतिनिधिलाई शासक नभएर सेवकको भूमिकामा खोजेको बताउँदै सुशासनलाई राज्यले प्रमुख कार्यभार बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले विकास निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्ने व्यक्तिहरुलाई राजनीतिक संरक्षण दिन नहुने बताउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रमा देखिएको अस्तव्यस्तामा राज्यको भूमिका जनताले खोजीरहेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र र अन्य व्यवस्था हुन नसक्ने दावि गर्दै जनताको अवस्था बदल्नुपर्ने आबश्यकता औँल्याउनुभयो । म्याग्दीमा निर्माणधिन बेनी अस्पताल भवन, बेनी–मालढुंगा सडक, बेनी–जोमसोम सडक लगायत ढिलासुस्तीले थलिएका आयोजनाहरुलाई गती दिलाउन आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । नेता पौडेलले आगामी निर्वाचनमा काँग्रेसले चुनाव अघिको गठबन्धन नगर्ने स्पष्ट पार्दै जनताबाट आएका प्रश्न र सुझाबहरुकै आधारमा पार्टीको नीति ,योजना र एजेण्डालाई निर्माण गर्ने समेत जानकारी दिनुभयो । उक्त कार्यक्रममा सहभागीहरुले जिल्लाको समसामयिक बिषय, मुलुकको राजनीतिक अवस्था र काँग्रेस पार्टीभित्रको वैचारिक अन्तरद्धन्द्ध र मुलुकभित्र देखिएका आर्थिक, सामाजिक र राजनैतिक समस्याहरुप्रति प्रश्न, जिज्ञासा र सुझाब समेत राखेका थिए । कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जनताको समस्या र गुनासा सुन्न पार्टीले समुदायमा काँग्रेस अभियान सञ्चालन गरेको बताउँदै यस अभियानले जनताको समस्यालाई पहिचान गरि समाधान गर्न र काँग्रेसलाई समुदायमा स्थापित गर्न सघाउने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका कार्यवहाक सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता र सचिब भरतबहादुर रकालको सञ्चालनमा सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १९:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP