शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा
धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ २२, २०८०
seteni-vally
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिका-७, चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो ।होटल सञ्चालनमा आएपछि टोड्के(धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि सेञ्चुरी पदमार्गमा जाने पर्यटकलाई सहज हुने भएको छ । “पदमार्ग सञ्चालनमा आए पनि खान र बसोबासको सुविधा नहुँदा पर्यटकलाई समस्या थियो, अहिले १० देखि १५ जनालाई बसोबासको समेत सुविधासहित होटल सञ्चालनमा ल्याइएको छ, यसलाई थप व्यवस्थित गर्दै क्षमता विस्तार गर्ने लक्ष्य राखेको छु”, सञ्चालक पाइजाले भन्नुभयो । समुद्री सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा रहेको यस ठाउँबाट धौलागिरि हिमाल र सेतिनी झरनाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यसअघि होटल सुविधा नहुँदा पर्यटकहरु खाना र बसोबासका लागि क्याम्पिङ बन्दोबस्तसहित जानुपर्ने बाध्यता थियो । टोड्के(धौलागिरि पानोरम पदमार्गको खोजी र प्रवर्धनका लागि आउनुभएका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले सेतिनी भ्यालीको होटलले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । “यस क्षेत्रमा पर्यटनको सम्भावना अथाह छ, तर सुविधा र पूर्वाधारको अभाव प्रमुख समस्या हुन्, होटल सञ्चालनमा आएपछि पर्यटकलाई धेरै सुविधा र राहत मिलेको छ”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०९:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP