शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २३, २०८०
4
मौवाफाँट । “समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी” भन्ने नारासहित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम मंगलवार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा पालिका भित्रका विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तालिममा सिकेका आफ्नो सीप विद्यालयमा लागू गर्न अनुरोध गर्नुभयो । “शिक्षामा गुणस्तर खोज्न प्राइभेट विद्यालय हैन सामुदायिक बिद्यालय जाने वातावरण बनाउन पर्छ” उहाँले भन्नुभयो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकालले तालिमवाट सहभागीहरुले विद्यालय ब्यवस्थापनको सैद्धान्तिक, कानुनी र प्राविधिक विषयको पाटोलाइ यो प्रशिक्षणले थप टेवा पु¥याउने आशा लिएको व्यक्त गर्नुभयो । गाउँपालिका भित्रका वडा नम्बर १ देखि ८ सम्माका सामुदायिक बिद्यालय, माध्यामिक विद्यालय र आधारभुत विद्यालयका ३३ विद्यालय मध्य बिभिन्न ३१ विद्यालयका व्यवस्थापन समिति पदाधिकारीहरु सहभागी रहेको तालिमलाई गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले सहजिकण गर्नुभएको थियो । तालिममा सकारात्मक अभिभावकत्व र आवश्यकता, बालबालिका सित गर्ने व्यवहार, नेतृत्व विकास, विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार, शिक्षक विद्यार्थी र अभिभावकको आचारसंहिता, उत्प्रेरणा, समय व्यवस्थापन, आचारसंहिता निर्माण तथा कार्ययोजना निर्माण लगाएतका विषयबस्तुमा छलफल, अन्तरक्रिया भएको थियो । कार्यक्रममा गाउँपालिका उपप्रमुख प्रेमकुमारी पुन, वडा नम्वर ५ का वडा अध्यक्ष मनबहादुर सेरपन्जा, सहभागीको तर्फबाट देउराली अधरभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २२:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP