शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङ-धारापानी सडक स्तरोन्नतिले यात्रा सहज
दरबाङ-धारापानी सडक स्तरोन्नतिले यात्रा सहज
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ २६, २०८०
DSC_0264 (1)
म्याग्दी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । मालिका ५,र ६, को सिमानास्थित पक्कीपुलदेखि धवलागिरी गाउँपालिका-७,धारापानी चौतारीसम्म ६ दशमलव ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । [caption id="attachment_73516" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] यसअघि साँघुरो र उकालो सडकमा जोखिमपुर्ण यात्रा गर्न बाध्य स्थानीय सडक स्तरोन्नति भएपछि यात्रा सहज र सुरक्षित भएको बताउँछन् । पूर्वाधार विकास कार्यालय म्याग्दीका सुचना अधिकारी अर्जुन शर्माका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको चौध करोड ३८ लाख रुपियाँ बजेटबाट वहुवर्षीय ठेक्का लगाएर सडक स्तरोन्नति गरिएको हो । सो सडक स्तरोन्नतिको लागि पूर्वाधार विकास कार्यालयले वि.सं.२०७६ चैत ४ गते धुलिखेल ब्राइट कुवर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले चालु आर्थिक वर्षको पुसमा सडक स्तरोन्नतिको काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक चौडा पार्ने, बादिकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने, साँघुरा घुम्तीलाई चौढा पार्ने, मेसिनरी र ग्याविन वाल र ग्राभेल गरिएको सुचना अधिकारी शर्माले बताउनुभयो । नाली सहित ७ मिटर फराकिलो सडक बनाइएको छ । धवलागिरी गाउँपालिकाको केन्द्र मुनालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा दरबाङ-धारापानी सडक स्तरोन्नति गरिएको हो । सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने योजना छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग बागलुङको वैकल्पिक लोकमार्ग मानिएको बेनी-दरवाङ-मुना-गुर्जा-जलजला-ढोरपाटन सडक आयोजना अन्तर्गत पर्दछ । धवलागिरि गाउँपालिका-७,स्थित बादिका भीरको साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो । बादिकाको भीर जोखिमयुक्त सडक हो । "बादिकाको भीरमा साँघुरो सडक र घुम्तीका कारण सडक निकै जोखिमयुक्त थियो । स्तरोन्नति भएपछि अहिले धेरै सहज र सुरक्षित भएको छ," धारापानीका स्थानीय तेजेन्द्र थापाले भन्नुभयो। बादिकाको आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको छ । बादिकाको अप्ठ्यारो भीरको उकालोमा करिब तीन सय मिटर सडक ढलान गरिएको छ । "सडक स्तरोन्नति भएपछि दुई गाउँपालिकाबासी सहित ढोरपाटन घुम्न जाने पर्यटकलाई समेत सहज हुनुका साथै यात्रा अवधि पनि छोटिएको छ," धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो । सडक स्तरोन्नतिले ४५ मिनेटको यात्रा १५ मिनेटमा पुरा गर्न सकिन्छ । गोरखापत्र अनलाइनबाट  
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २१:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP