शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि उद्घाटन,स्थानीयले मनाए खुसीयाली(फोटो फिचर)
दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि उद्घाटन,स्थानीयले मनाए खुसीयाली(फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २८, २०८०
दरबाङ–धारापानी सडक
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तरगत दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि उद्घाटन गरिएको छ । दरबाङदेखि धवलागिरी गाउँपालिका–७, धारापानीसम्मको ६ दशमलव ६ किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नती गरिएको छ । सडकको ट्याक निर्माण भएको करिब १ दशक बढी समयपछि सडकको स्तरोन्नती भएपछि शनिवार सडकको उद्घाटन गरिएको छ भने धारापानीबासीले बाजागाजा सहित नाचगान गरेर खुसीयाली मनाएका छन् । याे पनि... [embed]https://myagdinews.com/2024/02/73514/[/embed] सडकको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभएको हो । उहाँले विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसंगै धौलागिरि गाउँपालिकाका अधिकाँश नागरिकले सहज र सुरक्षित यात्रा गर्न सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकासमा पछि परेको म्याग्दीमा यस बर्ष विकास आयोजनाहरु भित्रने क्रम बढेको बताउँदै सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधारलाई समयमै सम्पन्न गराउनतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बादीकाको उकालो भिरमा सडकलाई ढलान गरेपछि जोखिमपूर्ण यात्रागर्नुपर्ने बाध्यता हटेको बताउँदै धारापानीदेखि ताकम हुँदै सिवाङ जोड्ने सडक समेत स्तरोन्नतीको लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट बजेट विनियोजन भएर पूर्वाधार विकास कार्यालय, म्याग्दीबाट ठेक्का आह्वान भैसकेको जानकारी दिनुभयो । कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नती हुँदा समग्र गाउँपालिकाको विकासमा नयाँ आयाम थपिएको बताउँदै थप कार्यान्वयन हुने योजनालाई समेत निर्धारित समयमै कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सडक निर्माण अभियानका अगुवा खुमनाथ सुवेदी, रिमप्रकाश थापा, यमन रोका लगायतले स्थानीयको चन्दा संकलनबाट ट्याक निर्माण भएको अप्ठेरो भिर, पहाडको सडकलाई स्तरोन्नती भएपछि सहज भएको बताउँदै सडकको ट्याक निर्माण गर्दाका अप्ठेरो, अल्झन र संघर्षका बारेमा जानकारी गराउनुभएको थियो ।बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत दरबाङ– धारापानी खण्डको सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत कार्यान्वयन थालिएको योजना सम्पन्न भएको भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर अर्जुन शर्माले बताउनुभयो । कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि प्रधुम्न कुँवरल कोरोनाका कारण समयमा काम सम्पन्न गर्न समस्या भएपनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरेकोे बताउनुभयो । उहाँले आयोजनालाई सफल बनाउन समुदाय र सरोकारवालाहरुको सकरात्मक भूमिकाले समेत काम गर्न हौँसला र प्रोत्साहन थपिएको बताउनुभयो । कार्यक्रममा धवलागिरि गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले सडक स्तरीय भएपछि सवारी आवत जावतमा सहजता हुने बताउँदै सडकको सुरक्षामा सबै सजग बन्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रुपक सुवेदीले सञ्चालन गर्नुभएको थियो । दरबाङदेखि धारापानीसम्मको सडक स्तरोन्नती भएपछि साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण काम प्रभावित भएपछि दुई वर्ष ठेक्काको अवधि थपिएको थियो । थपिएको ठेक्का अवधिभित्र निर्माण व्यावसायीले योजना सम्पन्न गरेका छन् । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले १४ करोड ३८ लाख ६७ हजार एकसय ७६ रुपियाँमा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते वहुवर्षीय ठेक्का सम्झौता गरेको थियो । योजना अन्तर्गत साँघुरो सडकलाई फराकिलो, साँघुरा घुम्तीलाई चौडा, बादिकाको भीर काटेर सडक फराकिलो पारी तीनसय मिटर ढलान, नाली निर्माण, ग्यावियन जाली लगाउने, कल्भर्ट निर्माण, कजवे निर्माण, टेवा पर्खाल गरी ७ मिटर चौडाइमा सडक ग्राभेल गरिएको । बादिकाको भीरमा आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको छ । बादिकाको अप्ठ्यारो भीरको करिब तीनसय मिटर सडक ढलान गरी सहज बनाइएको छ । यसैगरी धारापानीदेखि सिवाङसम्म सडक स्तरोन्नतिका लागि २५ करोड लागत अनुमान गरी योजना कार्यान्वनयका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ । योजना अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडकको धारापानी देखि ७ किलोमिटर अगाडि सिवाङसम्म सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न आगामी चैत महिनासम्म ठेक्का लगाइ योजना कार्यान्वयन थालिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP