शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नाम दर्मिजा समाज पोखराको ११औं बार्षिकोत्सव
दग्नाम दर्मिजा समाज पोखराको ११औं बार्षिकोत्सव
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २८, २०८०
IMG_E6393-scaled
पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामबाट विभिन्न सिलसिलामा पोखरामा बसोबास गर्दै आएका दग्नामवासीको साझा संस्था दग्नाम दर्मिजा समाज पोखराले आफ्नो ११औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा–हेमजास्थित दुरलुङ्ग समाजको सभाहलमा आयोजित समारोहमा समाजको एक दशक लामो यात्रा, योगदान र आगामी योजनाबारे चर्चा गरिएको थियो । उक्त समाहरोको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहखदुर गर्बुजा ‘खम्विर’ले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य गर्बुजाले समाजले १० वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्दै सुख–दुःखमा एकअर्कालाई साथ दिने र सामाजिक एकता कायम राख्ने काममा समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले दग्नामको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । बेलायती सेनाबाट सेवानिवृत्त भएपछि व्यक्तिगत सुखसुविधाभन्दा जनताको सेवामा लाग्ने उद्देश्यले सक्रिय भएको बताउँदै उहाँले म्याग्दीको विकास र समृद्धिका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रघुगंगा गाउँपालिका–४ का वडा अध्यक्ष पविन गर्बुजाले दग्नामलाई सुखी, समृद्ध र विकसित बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताको चाहना र भावनाअनुसार विकास निर्माणका काम अघि बढाउँदै दग्नामलाई म्याग्दीमा मात्र नभई देशमै चिनाउने गरी काम गर्ने उहाँको भनाइ थियो । समाजका सल्लाहकार तथा संस्थापक अध्यक्ष धनबहादुर पुनले ३० घरबाट सुरु भएको समाजले स्थापनादेखि हालसम्म विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको स्मरण गर्नुभयो । समाजलाई यो अवस्थासम्म ल्याउन योगदान गर्ने सहयोगीदाता, पूर्वपदाधिकारी तथा सदस्यहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो । विसं २०६९ मा स्थापना भएको दग्नाम दर्मिजा समाजले सुरुवाती चरणमा ३० सदस्यबाट मासिक २० रुपैयाँका दरले लेबी संकलन गर्दै सामाजिक कोष निर्माण थालेको कोषाध्यक्ष रामकुमारी पुनले जानकारी दिनुभयो । उहाँका अनुसार समाजमा ७६ सदस्य आबद्ध छन् । प्रतेक सदस्यबाट चौमासिक ५०० रुपैयाँका दरले लेबी संकलन हुँदै आएको छ । समाजको कोषमा हाल ३४ लाख ४८ हजार रुपैयाँ मौज्दात रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’, वडा अध्यक्ष पविन गर्बुजा र धनिलाल गर्बुजालाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष श्यामप्रसाद थजालीको अध्यक्षता, उपाध्यक्ष खेमलाल गर्बुजाको स्वागत तथा सचिव फुलबहादुर गर्बुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । समारोहमा आमा समूहको सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा समाजका सदस्य, शुभेच्छुक लगायत दग्नामवासीको उल्लेखिय सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP