बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो ।
[caption id="attachment_73582" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
‘म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको कामलाई तत्काल अगाडी बढाउनको लागि फाइल खानेपानी मन्त्रालयबाट अर्थमन्त्रलायमा पु¥याइएको छ ।र,अर्थमन्त्री ज्युले पनि आयोजनाको बजेटको श्रोत सिनिश्चता गर्नका लागि प्रतिबद्धता जनाउनुभएकोले आयोजनाका काम छिट्टै अघि बढ्ने विश्वास लिएको छु,’उहाँले भन्नुभयो ।
[caption id="attachment_73596" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
साथै बेनी खानेपानीलाई दिगो बनाउन आफुले आवश्यक सहयोग गर्ने बताउँदै सांसद गर्बुजाले बजारलाई सरसफाईयुक्त र व्यवस्थित बनाउनमा ध्यान दिन आग्रह गर्नुभयो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीमार्फत् अघि बढाइने चिमखोला–भगवती–पिप्ले खानेपानी आयोजनाको करिब ४८ करोड र बृहत् घोप्टेखोला खानेपानी आयोजनाको लागि करिब ४७ करोड लागत अनुमान गरिएको छ । बेनी नगरपालिका प्रमुख सुरत केसीले संस्थाले बजारमा खानेपानी आपुर्तिको लागि राम्रो काम गरिरहेको बताउँनुभयो ।
[caption id="attachment_73600" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका प्रमुख सुनम थापाले निर्माणाधिन बेनी गुणस्तर सुधार खानेपानी आयोजनाको करिब ८५ प्रतिशत सम्पन्न भएको र यो आयोजना सम्पन्न भएपछि नेपाल राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको पानी वितरण हुने जानकारी दिनुभयो । भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेल,पुर्व अध्यक्ष करिकृष्ण श्रेष्ठ ,नेपाल मंका खलःका कार्यवाहक अध्यक्ष कुबिरकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो।
[caption id="attachment_73599" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले आफ्नो कार्यकालमा संघ,प्रदेश मन्त्रालय र सम्बन्धित कार्यालय सँगको समन्वय र सहकार्यमा विभिन्न पुर्वाधार संरचनाहरु निर्माण भएको बताउनुभयो । उहाँले संस्थाबाट लेखा,विलिङ,मिटर रिडिङ ,स्टोर तथा पानीको गुणस्तर परिक्षणका लागि आधुनिक प्रविधिको प्रयोग गर्नुका साथै अनलाइन भुक्तानी प्रणाली मार्फत आर्थिक प्रादर्शिता कायम गरेको बताउनुभयो ।
[caption id="attachment_73604" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
यसैगरी संस्थाले उत्कृष्ट कर्मचारी ,उपभोक्ता र योगदान पु¥याउने कम्पनी ,संस्था र कार्यालयहरुलाई सम्मान गरेको छ । संस्थाको कार्यालयमा कार्यरत कर्मचारी भीमबहादुर किसानलाई नगद पाँच हजार रुपैयाँ ,उत्कृष्ट उपभोक्तातर्फ शिक्षा विकास तथा समन्वय इकाईृ ,संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी ,भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत, जय धनन्वय मंगलादेबी सुवास जेवी ,कालिगण्डकी करिडोर आयोजना र बराहपाखो सामुदायिक वन उपभोक्ता समितिलाई दोसल्ला ,प्रमाणपत्रले सम्मान गरेको हो ।कार्यक्रममा सचिव राजेन्द्रकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
[caption id="attachment_73598" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
संस्थाको आर्थिक वर्ष २०७९÷८० मा दुई करोड ६१ लाख ९८ तीन सय ७४ रुपैयाँ कुल आम्दानी र संचालन आम्दानी रहेकोमा दुई करोड ४६ लाख ७३ लाख दुई सय ८६ रुपैयाँ संचालन र अन्य खर्च रहेको छ । आर्थिक वर्ष २०७९÷०८०मा संस्थाले नगर विकास कोषलाई १७ लाख ६० हजार ७७१ रुपैयाँ सावाँ किस्ता र पाँच लाख पचास हजार १२३ रुपैयाँ ब्याज भुक्तानी गरेको कोषाध्यक्ष हमालले जानकारी दिनुभयो । उहाँका अनुसार,८७ लाख ८८ हजार ८९१ रुपैयाँ नगर विकास कोषलाई भुक्तानी गर्न बाँकी रहेको छ । साथै संस्थाको बैंक तथा नगद मौज्दाततर्फ दुई करोड ४९ लाख ८७ हजार १५८ रहेको छ ।सचिव श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रमेश गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । बेनी नगरपालिका–७ र ८ तथा वडा नम्बर २ हाँडेभिरका करिब २२ हजार उपभोक्ताहरुले खानेपानी उपभोग गर्दै आइरहेका छन्।
[caption id="attachment_73595" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73603" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73597" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73594" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73593" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73592" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73591" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73590" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73589" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73588" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73587" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73586" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73585" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73584" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73583" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73581" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73580" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73579" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73578" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_73577" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]