शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जनयुद्ध दिवसमा माओवादी केन्द्र र नेकपाको संयुक्त दिप प्रज्वलन
जनयुद्ध दिवसमा माओवादी केन्द्र र नेकपाको संयुक्त दिप प्रज्वलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन १, २०८०
428345990_3604664706441657_1970528781119191724_n
बेनी । नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बेनीमा संयुक्त कार्यक्रम गरेर २९ औ जनयुद्ध दिवस मनाएका छन् । २०५२ फागुन १ गते राजतन्त्रात्मक व्यवस्थाको विरुद्धमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा शसस्त्र संघर्ष शुरु भएको दिनको स्मरण, दिवंगत सहिद, वेपत्ताको सम्झना, घाइते र अपाङ्गको सम्मानमा बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिप प्रज्वलन गरिएको हो । विभिन्न समूहमा विभाजन भएका माओवादी घटकका नेतृत्वलाई कार्यकर्ता तहबाट सहकार्य र एकताको सन्देश दिने उद्देश्यले संयुक्त कार्यक्रम गरिएको नेकपाका जिल्ला ईञ्चार्ज उषा घर्ति घिमिरेले बताउनुभयो । “सामाजिक रुपान्तरण र जनताको पक्षमा परिवर्तनको मुद्दालाई संस्थागत गर्न जनयुद्ध गरेका शक्तिहरुको सहकार्य र एकता आवश्यक छ,” उहाँले भन्नुभयो “समाजवादी मोर्चाबाट भएको सहकार्यलाई एकतामा रुपान्तरण गर्दै जनताको पक्षमा काम गर्न नेतृत्वले ध्यान दिनुपर्छ ।” नेकपा माओवादी केन्द्रका युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जनयुद्धको जगमा प्राप्त भएका साझा उपलब्धीलाई संस्थागत गर्दै सामाजिक न्याय, समानता र विभेद रहित समाज निर्माणको जिम्मेवारी पुरा गर्न नीति निर्माण तहमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । दश वर्षे जनयुद्धको जगमा भएको दोस्रो जनआन्दोलन, संसद पुर्नस्थापना, राजतन्त्रको अन्त्य, गणतन्त्र, संघीयता सहितको संविधान, समावेशी, समानुपातिक व्यवस्थाका साझा राजनीतिक उपलब्धी भएका बताउनुभयो । जनयुद्धका कारण पिछडिएका, उत्पीडन, दमन र विभेदमा परेका वर्ग, समुदायको अधिकार सुनिश्चित भएको बताउदै त्यसलाई व्यवहारमा रुपान्तरण गर्न जोड दिने बताउनुभयो । माओवादी केन्द्र निकट वाइसीएल र अनेरास्ववीयु क्रान्तिकारी तथा नेकपा जिल्ला कमिटि म्याग्दीले दिप प्रज्वलन कार्यक्रम आयोजना गरेका हुन् । नेकपाका नेता गोविन्द सिले फरक फरक मोर्चाबाट संघर्ष गरिरहेका माओवादी घटकहरुबीच सहकार्य र एकतामा जोड दिनुभयो । नेकपा निकट अखिल क्रान्तिकारीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २१:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP