शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • जनप्रिय माविमा विद्यार्थीलाई व्यावसायिक सिपमूलक तालिम (तस्बिरहरू)
जनप्रिय माविमा विद्यार्थीलाई व्यावसायिक सिपमूलक तालिम (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन ३, २०८०
janapriya-mavi
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालित जनप्रिय माध्यमिक विद्यालयमा अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रम सुरु भएको छ । आज (बुधवार) वसन्तपञ्चमी तथा सरस्वती पूजाको सुनौलो अवसर पारेर अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रम सञ्चालन गरिएको हो ।सरस्वती पूजाको अवसरमा आयोजित अक्षरारम्भ कार्यक्रममा विभिन्न ९ जना बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले बताउनुभयो । यसैगरी सोही अवसरमा विद्यालयद्वारा नयाँ कार्यक्रमको रुपमा लर्न–फ्राइडे अन्तर्गत व्यावसायिक सिपमूलक कक्षा अर्थात् तालिमको समेत उद्घाटन गरिएको छ । हरेक शुक्रवार कक्षा ९ का विद्यार्थीहरुलाई हाउस वाईरिङ, कपाल काट्ने र सिलाइकटाइको प्रशिक्षण दिइनेछ । अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जनप्रिय माविले ल्याएको व्यावसायिक सिपमूलक तालिम जिल्लामै पहिलो र नयाँ अभ्यासको कार्यक्रम भएको बताउनुभयो । उहाँले विद्यालयमा शैक्षिक क्रियाकलापसँगै जीवन उपयोगी शिक्षाको रुपमा व्यावसायिक सिपमूलक तालिमबाट विद्यार्थीहरुले ज्ञान, सिपको साथसाथै क्षमताको विकास गर्ने बताउँदै नयाँ कार्यक्रमले सार्थकता पाउनुपर्ने र अन्य विद्यालयहरुले पनि अनुसरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । मालिका गाउँपालिका–६, दरबाङका वडा अध्यक्ष पथबहादुर रोकाले व्यावसायिक सिपमूलक शिक्षा तालिम कार्यक्रम विद्यालयको नयाँ भिजन भएको बताउँदै यसलाई सबैले सहयोग गरेर दीगो रुप दिन आवश्यक रहेको बताउनुभयो । विद्यालयले अगाडि सारेको जीवनपयोगी शिक्षा तालिमलाई निरन्तरता दिनका लागि वडा र गाउँपालिकाले सहयोग गर्ने भन्दै उहाँले जनप्रिय माविले सुरु गरेको व्यावसायिक सिपको कक्षा जिल्लामै नौलो र नयाँ कार्यक्रम रहेको बताउनुभएको थियो । जिल्ला समन्वय समिति म्याग्दीका सदस्य गौमती चपाईले अहिलेको अवस्थामा विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा र सिपमूलक तालिम आवश्यक रहेको बताउँदै जनप्रिय माविमा सञ्चालित कार्यक्रमलाई सफल बनाउन सबैले साथ र सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तनाथ सुवेदीले यसवर्ष तिहारको अवसरमा विद्यालयबाट खेलिएको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकमले सिपमूलक तालिम हाउस वाईरिङ, कपाल काट्ने र सिलाइकटाइको कक्षाहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले विद्यालयले आगामी दिनमा न्यून आय भएका विद्यार्थीहरुलाई सहयोगको साथमा अभिभावकत्वग्रहण गर्ने, विद्यालयमा फुड तथा कपडा बैंक स्थापना गर्ने र खेलकुदलगायत अतिरिक्त क्रियाकलापहरु सञ्चालनको पहल गरिने बताउनुभयो । विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष चकबहादुर विकले सिपमूलक व्यावसायिक शिक्षा तालिम विद्यालयको नयाँ कार्यक्रम भएकाले आगामी दिनमा थप रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिने बताउनुभएको छ । कार्यक्रम विव्यस अध्यक्ष सुवेदीको अध्यक्षता, प्रअ दिवाकर सुवेदीको स्वागत र सहायक प्रअ नगेन्द्रबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । अब प्रत्येक शुक्रवार १० बजेदेखि दिउँसो २ बजेसम्म जनप्रिय माविमा हाउस वाईरिङ, कपाल काट्ने र सिलाइकटाई सम्बन्धी व्यावसायिक सिपमूलक तालिमको कक्षा सञ्चालन गरिने भएको छ । तालिममा स्थानीयस्तरका प्रशिक्षकहरुबाट विद्यार्थीहरुलाई प्रशिक्षण गराइने विद्यालयले जनाएको छ । २००८ सालमा स्थापना भएको जनप्रियमा कक्षा १ देखि १२ सम्म पढाई हुँदै आएको छ भने हाल ५ सय ५० जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । प्रावि, निमावि र माविका १८ जना दरबन्दी, १÷१ जना राहत र निजी तथा २ जना विद्यालय कर्मचारीहरुसहित कुल २२ जना शिक्षक एवं कर्मचारीहरु कार्यरत रहेको जनप्रिय मावि म्याग्दी जिल्लाकै सबैभन्दा पुरानो विद्यालय मानिन्छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १४:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP