शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नवनिर्मित गौ बोम बस्त मावि भवन उद्घाटन (फोटो फिचर)
नवनिर्मित गौ बोम बस्त मावि भवन उद्घाटन (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ८, २०८०
viber_image_2024-02-20_18-30-50-873
देविस्थान । म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङ स्थित गौ बोम बस्त माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा,मालिका गाउँपालिका र स्थानीयबासीको संयुक्त आर्थिक साझेदारीमा नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । एक करोड ६ लाख बीस हजार ९१७ रुपैयाँ लागतमा निर्माण भएको आठ कोठे भवनको पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रीन (एम.बि.ई) र गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पाहार ट्रष्ट नेपाल पोखराका अध्यक्ष बिजुलीबहादुर गुरुङका अनुसार, भवन निर्माणमा ट्रष्टको ५३ लाख दश हजार ४५८,गाउँपालिकाले ४२ लाख ४८ हजार ३६७ र स्थानीयबासीले १० लाख ६२ हजार ०९१ रुपैयाँ आर्थिक साझेदारी गरेका हुन् । गत आर्थिक वर्ष फागुन महिनादेखि सुरु भएको  उपभोक्ता समिति मार्फत भवन निर्माणको काम चालु आर्थिक वर्ष फागुनमा सम्पन्न भएको थियो ।प्रेसिडेन्ट ग्रीनले भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने बताउनुभयो । पाहार ट्रष्ट युके मार्फत नेपालका २७ जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हालसम्म तीन सय भन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनाहरु निर्माण भएको उहाँले बताउनुभयो । युकेमा लामो समयसम्म शिक्षण पेशा समेत गर्नुभएका प्रेसिडेन्ट ग्रीनले नेपालका दुर्गम बस्तीमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा र सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष गर्बुजाले गैरसरकारी संस्था र स्थानीयबासी सँगको सँयुक्त साझेदारीमा भव्य भवन निर्माण भएपछि विद्यालय सञ्चालनमा सहज हुने बताउनुभयो । उहाँले स्तरीय भवनको सदुपयोग गर्दै पढाइलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रमा पुर्वाधार निर्माण र शैक्षिक गतिविधिका लागि ठुलो बजेट विनियोजन गर्दै आएको अध्यक्ष गर्बुजाको भनाइ छ । स्तरीय भवन निर्माण भएपनि बसाइसराइका कारण गाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष मिम पुन ,पाहारर ट्रष्ट नेपाल पोखराका पुर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ,समाजसेवी क्याप्टेन जित बहादुर घर्ती,वडा सदस्य तुलसी पुर्जा लगायतले भवन निर्माणले पठनपाठनमा सहज हुनुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्नमा समेत सघाउ पु¥याउने बताउनुभयो । भवन संक्षणमा विद्यालय र स्थानीयबासीको दायीत्व भएको उहाँहरुको भनाइ थियो । विद्यालय व्यवस्थापन समिति सदस्य राजमति पुन बुढाले भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको बताउनुभयो । पहिले साँघुरो कक्षाकोठामा पठनपाठन हुँदै आएको थियो । प्रअ अमृत बुढाथोकीका अनुसार,कक्षा दशसम्म पढाइ हुने विद्यालयमा दुई सय पचास जना विद्यार्थी अध्ययनरत छन् । उहाँले विद्यालयलाई थप दुई कोठे भवन आवश्यक रहेको बताउनुभयो । शिक्षक चेतबहादुर जिटीले संचालन गर्नुभएको कार्यक्रममा शिक्षक रविन नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।सोही ट्रष्टले यस विद्यालयमा दुई कोठे पस्तकालय भवन निर्माण गरिदिएको छ । विद्यालयले भवन निर्माण गर्ने ट्रष्ट र गाउँपालिकालाई सम्मान गरेको छ । कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले नृत्य प्रस्तुत गरेका थिए । 7
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २१:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP