शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • दरबाङ्गमा चौथो करबिर मेमोरियल कप सुरु (तस्बिर सहित)
दरबाङ्गमा चौथो करबिर मेमोरियल कप सुरु (तस्बिर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस ८, २०७६
IMG_2908

दरबाङ्ग,मंगलबार पौष ८ गते ।
म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा चौथो करबिर मेमोरियल कप २०७६ सुरु भएको छ । दरबाङ स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा मंगलबार देखी अन्तर मावि जिल्ला स्तरिय भलिबल तथा फुटसल प्रतियोगिता सुरु भएको हो । आगामी १२ गते सम्म संचालन हुने प्रतियोगितामा फुटसल तथा भलिबल प्रतियोगिता संचालन हुनेछ ।

कार्यक्रमको उद्धघाटन् गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले खेल प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको खेल प्रतिभा उजागर गर्नुका साथै खेलकुदको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यालयमा आयोजित प्रतियोगिताले विद्यार्थी थप हौसला प्रदान गर्ने बताउनुभयो ।

‘विद्यालय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा भाइचाराको सम्बन्ध स्थापित गर्नुका साथै खेलकुद प्रतियोगिता प्रवद्र्धनमा सहयोग पुग्नेछ,’अध्यक्ष रोका मगरले भन्नुभयो । खेलकुद प्रतियोगिताले विद्यालयमा आयोजना हुने खेलकुद प्रतियोगितालाई गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष रोका मगरले उद्धघोष गर्नुभयो । साथै अध्यक्ष रोका मगरले गाउँपालिकाले गाउँपालिका अध्यक्ष कप संचालन गर्न लागेको जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेका सामुदायीक तथा निजि विद्यालय व्यवस्थापन र गुणस्तर बढाउन गाउँपालिकाले योजना बनाएको उहाँको भनाई छ ।

कार्यक्रममा जनप्रिय माविका शिक्षक बालकृष्ण शर्मा ,न्यु बुद्ध शान्ति टोल विकास समितिका अध्यक्ष गोपाल गौतम,जनप्रिय माविका प्रअ दिवाकर सुवेदी ,प्रभु बैंक दरबाङ्ग शाखाका प्रबन्धक विपिन चोखाल , लगायतले विद्यालयले आयोजना गरेको प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापित हुनुका साथै खेलकुद प्रतियोगिताको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल लक्ष्मी थापा र विद्यालयका प्रबन्ध निर्देशक हिराबहादुर पुन मगरले विद्यालयको अतिरित्त कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रिन्सिपल थापाले प्रतियोगितालाई सफल बनाउन आर्थिक सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण फगामीको अध्यक्षता ,प्रिन्सिपल थापाको स्वागत तथा सहायक प्रिन्सिपल बिमल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजक केबी एकेडेमी एण्ड बोर्डिङ्ग स्कुल र म्याग्दी एकेडेमी विच भएको उद्धघाटन् खेलमा म्याग्दी एकेडेमी सिंगा तातोपानीले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा फुटसल तर्फ १४ र भलिबल प्रतियोगिता तर्फ ६ विद्यालयले सहभागिता जनाएको आयोजक विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १६:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP