शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर
पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन १२, २०८०
Paschim nepal (2)
दरवाङ । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीको केन्द्रिय कार्यालयका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी मेघराज शर्माले फिस्टेल अस्पताल पोखराको प्राविधिक सहयोगमा भएको शिविरमा ४३४ जनाले सेवा लिएका जानकारी दिनुभयो ।  “सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत गाउँमै विशेषज्ञ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी गाउँपालिकाका सर्वसाधारणले सेवा लिनुभएको छ ।” शिविरमा स्वास्थ्य परिक्षण, निशूल्क औषधी वितरण, परामर्श, भिडियो एक्सरे, पाठेघरको मुखको क्यानसर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण सम्बन्धी सेवा दिइएको सहकारीका सञ्चालक समितिका सचिव कृष्ण आचार्यले बताउनुभयो । फिस्टेल अस्पताल पोखराका चिकित्सकहरु गोमा तुलाचन, बर्षा बराल, जनरल फिजिसियन हेमन्त बास्तोला, सनम ढकाल, रेडियोग्राफर डा. अनमोल तुलाचनका साथै दरवाङ आधारभूत अस्पतालका प्रमुख गायत्री पौडेल, लक्ष्मी मल्ल पुर्जा, दिपा परियार, धनमाया पुन, पार्वति पन्त, भवि सापकोटा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो । सहकारीका अध्यक्ष भिमप्रसाद गौतमको अध्यक्षता र सचिव कृष्णप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न शिविरको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष गर्बुजाले सहकारीले स्वास्थ्य र सार्वजनिक क्षेत्रमा निभाएको भूमिकाप्रति धन्यवाद दिनुभयो । सञ्चालक समितिका कोषाध्यक्ष श्रीराम पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ति, सहकारीको सञ्चालक समितिका पदाधीकारी, सदस्य र कर्मचारीहरुको उपस्थिति थियो । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रधान कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको ताकम, बाबियाचौर, दरवाङ, तातोपानी, वारीबेनी, भगवती र पोखरेबगरमा सेवा केन्द्र रहेका छन् । आर्थिक वर्ष २०७९÷०८० सम्ममा छ हजार १२२ जनाको रु. १२ करोड ९५ लाख १८ हजार २०० सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा रु. ६६ करोड ३७ लाख ९७ हजार १७ निक्षेप संकलन, रु. ७४ करोड चार लाख ७६ हजार ६८६ लगानी गरेको संस्थाले रु. एक करोड ५९ लाख ५६ हजार ८२३ आम्दानी गरेको थियो । वि.स. २०६४ मा दरवाङ बजारमा २७ जनाले रु. एक÷एक सय सेयरबाट सहकारी शुरु गरेका थिए । समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्युन आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम सञ्चालन गरेको प्रबन्धक प्रेमलाल कडेल (सदन)ले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २०:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP